मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरी बलका शान्ति मिसन टोली बिदाइ

शनिबार, २५ माघ २०७६, ११ : ०४
शनिबार, २५ माघ २०७६

काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसङ्घको अनुरोधमा सशस्त्र प्रहरी बलको तर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा जान लागेका सशस्त्र प्रहरीको बिदाइ गरेका छन् । 

    सुडानस्थित ‘फम्र्ड पुलिस युनिट’ (एफपियु)को रुपमा कार्य गर्न त्यसतर्फ खटिई जान लागेको टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित एक समारोहका बीच उनले बिदाइ गरे ।  
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यस अवसरमा संयुक्त राष्ट्रसङ्घको अनुरोधमा शान्तिस्थापनार्थ खटिँदा राष्ट्र र सङ्गठनको प्रतिनिधित्व गर्ने हुनाले त्यसठाउँमा उच्च व्यावसायिकता प्रदर्शन गर्दै अनुशासित र इमान्दारिताका साथ उत्कृष्ट कार्यसम्पादनमा क्रियाशील रहन निर्देशन दिए । 

    उनले मिसन इलाकामा रहँदा त्यहाँको भाषा, संस्कृति, रहनसहन र परिवेश फरक हुने हुनाले सुरक्षाकर्मी थप सतर्क र चनाखो भई जिम्मेवारी निर्वाहमा क्रियाशील रहनुपर्ने बताए । 
    
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कुमार न्यौपानेको कमाण्डमा एफपियुका रुपमा साउथ सुडानको जुबामा खटिई जान लागेको सो टोलीमा २० अधिकृतसहित कूल १८० छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप