शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा बालबालिकालाई यातना दिने बालगृहका सञ्चालक पक्राउ, सात बालबालिकाको उद्धार

शनिबार, २५ माघ २०७६, ०७ : २०
शनिबार, २५ माघ २०७६

ललितपुरमा सञ्चालन हुँदै आएको बालगृहका सञ्चालक पक्राउ परेका छन् । ललितपुरको भैंसेपाटीमा रहेको श्री पुनस्र्थापना पवित्र चिल्ड्रेन होमका सञ्चालक आकाश खाती र कमला खाती पक्राउ परेका हुन् ।

बालगृहमा कुटपिट र यातना भएपछि भागेका बालबालिकालाई महानगरीय प्रहरी प्रभाग भैंसेपाटीले उद्धार समेत गरेको छ ।

महानगरी प्रहरी प्रभाग ललितपुरबाट खटिएको प्रहरी टोलीले बालगृहमा हुने यातना सहन नसकि संस्था छोडेर हिँडेका बालबालिकाको बयानका आधारमा सञ्चालकहरुलाई पक्राउ गरेको हो ।

संस्था छोडेर हिँडेका बालबालिकाहरुले प्रहरीलाई संस्थामा बालबालिकामाथि कुटपिट गरिने, यातना दिने र बालमैत्री वातावरण नभएकोले संस्था छोडेको बताएका थिए ।

बालगृहबाट भागेका सात जना बालबालिकालाई महानगरीय प्रहरी प्रभागबाट खटिएको टोलीले फेला पारी बालबालिका खोजतलास समन्यव केन्द्रमा ल्याइएको छ ।

सुर्खेतका ११ वर्षीया आशा नेपाली र १२ वर्षीया लक्ष्मी शर्मा, रुकुमका ११ वर्षीय सामुयल विक र ९ वर्षीया योना विक तथा हुम्लाका ९ वर्षीया दिना टमटा, ५ वर्षीय विजय टमटा र ७ वर्षीय कलबहादुर टमटा रहेको समन्वय केन्द्रले जनाएको छ ।

बालबालिकाहरुलाई सडकमा वेवारिसे अवस्थामा भेट्टाएकाले सोधपुछ गरी सञ्चालकलाई पक्राउ गरिएको समन्वय केन्द्रका प्रहरी निरीक्षक मोहन वदाहालले जानकारी दिए ।

सुर्खेतको खजुरा घर बताउने ११ वर्षकी आशा नेपालीले आफूलाई दाङका एक चर्चका पास्टरले बालगृह सञ्चालक कमला खातीसँग काठमाडौँ पठाएको बताइन् । आशाका अनुसार पढाइदिने र टेबलमा बसेर खान दिइने भनी बालगृहमा ल्याइएको थियो ।

बालगृहमा ल्याएपछि विद्यालय नपठाई घर सफा गर्ने, लुगा धुने, भाँडा माझ्ने काममा लगाइएको बालबालिकाले बताएका छन् । दुई वर्षदेखि त्यस बालगृहमा बस्दै आएकी ९ वर्षीया योना विकका अनुसार बालगृह सञ्चालकले बालबालिकालाई शारीरिक यातना समेत दिने गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप