शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमै भारतीयलाई नागरिकता बनाउने पक्राउ

शनिबार, २५ माघ २०७६, ०७ : ०८
शनिबार, २५ माघ २०७६

काठमाडौँ । भारतीय बाबुबाट जन्मिएकी महिलालाई नेपाली नागरिक बनाउन खोज्ने चार जना पक्राउ परेका छन् । फर्जी कागजातका आधारमा नागरिकता बनाउन खोज्ने काठमाडौँको टोखा नगरपालिका–३ का रेशमलाल गुरुङ, कल्पना गुरुङ, उर्मिला गुरुङ र मधुविलास अधिकारी पक्राउ परेका हुन् । उनीहरुलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँको हाताभित्रबाटै पक्राउ गरिएको हो । 
भारतीय नागरिकसँग बिबाह गरेकी कल्पना गुरुङले तिनै भारतीय नागरिकबाट दार्जलिङमा जन्भिएकी आफ्नी छोरी उर्मिलाको नेपाली नागरिकता बनाउन खोज्दा उनीहरु पक्राउ परेकी हुन् । जिल्ला प्रशसन कार्यालय काठमाडौँका सहायक सीडीओ जीवनप्रसाद आचार्यले नक्कली कागजात लिएर नागरिकता बनाउन आएका ४ जनालाई पक्राउ गरिएको जानकारी दिए । आचार्यका अनुसार उर्मिला आफ्नी आमाका दोस्रो पति रेशमलाल गुरुङसँग नागरिकता बनाउन आएकी थिइन् । राजधानी दैनिकमा खबर छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप