शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेरणाको दाइजो नेपाल ट्रस्टकै नाममा कायम, फैसला कार्यान्वयन गर्ने बाटो खुल्यो

शनिबार, २५ माघ २०७६, ०६ : ४८
शनिबार, २५ माघ २०७६

काठमाडौँ। पूर्व अधिराजकुमारी प्रेरणा शाहले दाइजोबापत पाएको १५ रोपनी जग्गा नेपाल ट्रस्टकै नाममा कायम गर्ने कानुनी बाटो खुलेको छ । छाउनीमा रहेको उक्त जग्गा सरकारीकरण हुने सर्वोच्चको फैसलाविरुद्ध शाहको रिट शुक्रबार संवैधानिक इजलासले खारेज गरेको छ ।
रिट खारेजसँगै यसअघिको फैसला कार्यान्वयनको बाटो खुलेको हो । फैसला कार्यान्वयनका क्रममा रहेका बेला शाहले पुनः रिट दायर गरेकी थिइन् । पुनरावलोकनको फैसलाविरुद्ध रिट दर्ता भएकोमा कतिपयले आश्चर्यसमेत जनाएका थिए ।
शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउतको संवैधानिक इजलासले रिट खारेज गरेको हो । पुनरावलोकन आदेश गलत भएको दाबीको रिट खारेज भएको सर्वोच्चका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए । गोरखापत्र दैनिकमा यो खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप