शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कुखुराको मासुमा कार्टेलिङ

शनिबार, २५ माघ २०७६, ०६ : ३६
शनिबार, २५ माघ २०७६

काठमाडौँ । पछिल्लो पटक दाना र चल्लाको भाउमा अत्यधिक रूपमा कालोबजारी भएको छ । चल्ला र दानाको मूल्य निर्धारणमा उद्योगीको एकलौटी अधिकार भएकाले यसको कालोबजारी भएको हो ।

कुखुरापालक किसानले दाना, चल्ला र कुखुराको मूल्य निर्धारण गर्ने अधिकार पोल्ट्री व्यवसायीको हातमा भएकाले यसको फाइदा उठाउँदै उनीहरूले बजारमा कार्टेलिङ गरेको आरोप लगाउँदै आएका छन । राष्ट्रिय कुखुरा पालक किसान सङ्घर्ष समितिका संयोजक विष्णु खड्काले पछिल्लो दुई महिनामा चल्ला र दानामा मूल्यमा सहनै नसक्ने गरी कार्टेलिङ भएको आरोप लगाए । 

उनका अनुसार अहिले प्रतिक्विन्टल दानाको मूल्य तीन हजार ६०० रुपियाँ रहेको छ । पछिल्लो एक वर्षमा दानाको मूल्यमा ८५० रुपियाँ बढेको छ । सो अवधिमा प्रतिचल्ला ३० रुपियाँ पाइने गरेकोमा अहिले बढेर प्रतिचल्ला ७० रुपियाँ पुगेको छ ।

यसको बजार केही व्यापारीहरूमा नियन्त्रित र बजार अनुगमन प्रभावकारी हुन नसकेकाले यो समस्या आएको भन्दै अध्यक्ष खड्काले भने, “बजार अनुगमन गरेर कारबाही गर्नुप¥यो नि खै अनुगमन । ” सरकारको काम उद्योगीले नाफा खाएको र किसानले घाटा खाएको साक्षी बस्नेबाहेक अन्य कुनै काम नभएको उनको आरोप छ । गोरखापत्रमा खबर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप