शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

४२ लाख ठग्ने वकील पक्राउ

शुक्रबार, २४ माघ २०७६, २२ : ०७
शुक्रबार, २४ माघ २०७६

काठमाडौँ । राजश्व चुवावट मुद्दामा नख्खु कारागारमा थुनामा रहेका रमेश दाहाललाई छुटाइदिने भन्दै ४२ लाख ठग्ने एक वकीललाई प्रहरीले पक्राउ गरेको छ । 

 रमेश दाहालको बुवा तीर्थ राज दाहाललाई प्रलोभनमा पारेर ठगी गर्ने सो रकम ठगी गर्ने धनकुटा स्थायी घर भएका वकील टंक बहादुर राना मगरलाई महानगरीय अपराध महाशाखाको टोलीले शुक्रबार पक्राउ गरेको हो । 
काठमाडौँको बबरमहलबाट पक्राउ परेका उनलाई ठगी कसुरमा अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाण्डौ पठाइएको महाशाखाले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप