बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रभु इन्स्योरेन्सले पारित गर्यो १६.३२ प्रतिशत लाभांश

शुक्रबार, २४ माघ २०७६, १८ : ५२
शुक्रबार, २४ माघ २०७६

काठमाडौं– प्रभु इन्स्योरेन्स लिमिटेडको २४ औँ वार्षिक साधारण सभाले १६.३२ प्रतिशत लाभांश पारित गरेको छ ।

“प्रभु कम्प्लेक्स”मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७५/०७६ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत बोनश शेयर तथा कर सहित ११.३२ प्रतिशत नगद लाभांश गरि जम्मा १६.३२ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ । 

साधारण सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले बिमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच कम्पनीले पुँजी बृद्धि, खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेको बताइन् ।

लामाले आफ्ना ग्राहकवर्गलाई आवश्यक सेवाहरु छिटो छरितो ढंंगले प्रदान गर्दै सरकार तथा नियमनकारी निकायले लिएको निति अनुरुप बिमा क्षेत्रमा टेवा पु¥याउन प्रतिवद्ध रहेको बताइन् ।

कम्पनीले आधुनिक बिमा सेवाका सबै प्रविधिहरु प्रयोग गरी प्रविधिमा आधारित बिमा सेवा स्थापित गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको बताउँदै जोखिम ब्यवस्थापन, कर्मचारी ब्यवस्थापन, तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सबल बनाउनुका साथै प्रभावकारी सेवा सुविधाहरु दिने तर्फ जोड दिइएको बताएको छ ।

वार्षिक साधारण सभामा शेयरधनीहरुले आफ्नो मन्तव्य राख्दै कम्पनीले पुँजी बृद्धिको अनुपातमा १६.३२ प्रतिशत लाभांश बितरण गर्नसक्नु गौरवको कुरा रहेको बताउँदै कम्पनीको प्रगती अत्यन्त सन्तोषजनक रहेको र आगामि दिनमा अझ राम्रो गर्दै जान सुझाव तथा सफलताको शुभकामना व्यक्त गरेका छन् ।

बोनश शेयर बितरण पश्चात कम्पनीको चुक्ता पूजी १ अर्व ५ करोड ६२ लाख ७५ हजार पुगेको छ । साथै कम्पनीले केन्द्रिय कार्यालय सहित ५६ भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरुबाट सेवा प्रदान गरिरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप