शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नोबेल अस्पतालको निरीक्षणमा पुगे पूर्वप्रधानमन्त्री नेपाल

शुक्रबार, २४ माघ २०७६, १७ : १४
शुक्रबार, २४ माघ २०७६

बिराटनगर । पूर्व प्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले आज बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको निरीक्षण गरेका छन् । अस्पतालमा उपचाररत बिरामीहरुसँग कुराकानीसहित नेता नेपालले न्यूरो र कार्डियोमा नोबेलले भित्र्याएको नयाँ प्रबिधिको निरीक्षण गरेका हुन् ।

       नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा, अस्पताल निर्देशक डा.राजेश नेपाल लगायतले नेता नेपाललाई अस्पतालका बिभिन्न कक्षसहित अत्याधुनिक उपकरणको अवलोकन गराएका थिए । नेता नेपालले दक्षिण पूर्वी एशियामै पहिलो पटक नोबेलले सुरु गरेको अत्याधुनिक न्यूरो सर्जरी सेवा, शल्यक्रिया कक्ष, थ्री तेस्ला इन्ट्राअपरेटिभ फङ्सनल एमआरआइ, ओपन हार्ट सर्जरी आइसीयू कक्ष लगायतको अवलोकन गरेका छन् ।

       अस्पताल निरीक्षणपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेता नेपालले नोबेलमा राम्रो उपचारका कारण बिरामीहरुको चाप बढीरहेको पाएको प्रतिक्रिया दिए । 

अस्पतालहरुले राम्रो उपचार गरेर बिरामीलाई सन्तुष्ट बनाउँनुपर्नेमा जोड दिदै नेता नेपालले नोबेलमा अत्याधुनिक उपकरणको प्रयोग गरेर बिरामीको उपचार भईरहेको देख्दा खुःशी लागेको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप