शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सिभिल बैंकको नयाँ शाखा भीमसेनस्थानमा, रन्जना लिपि भएको परिचयपाटी राखियो

शुक्रबार, २४ माघ २०७६, १५ : ४०
शुक्रबार, २४ माघ २०७६

काठमाडौं– सिभिल बैंकले काठमाडौं नगरपालिका स्थित भीमसेनस्थानमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।  शाखाको नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले एक समारोहबीच उद्घाटन गरेका छन् । शाखा कार्यालयमा रन्जना लिपि भएको परिचयपाटी पनि स्थापना गरिएको छ ।

उद्घाटन समारोहमा शिवाकोटीले नेपालबाट बिदेशिएको जनशक्तिले अहिले आफ्नै देशमा फर्की बैंकबाट कर्जा लिई आफ्नै देशमा रोजगारीको सृजना गरेको र यसरी सबैले आ–आफ्नो क्षेत्रबाट वित्तिय योगदान पुर्याएमा देश आफै समृद्ध हुने बताए । 

त्यसैगरी, काठमाडौं महानगरपालिका वडा नं २० का वडा अध्यक्ष राजेन्द्र मानन्धरले आफ्नो वडामा खोलिएको पहिलो बैंक भएकोमा सिभिल बैंकलाई बधाई तथा धन्यबाद दिए र आफुले बैंकलाई आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सिभिल बैंक भीमसेनस्थान शाखाले यस क्षेत्रका सम्पूर्ण वचतकर्ता उद्यमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिङ्ग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस भेगको अर्थतन्त्र उकास्नको लागी व्यापार व्यवसाय, पर्यटन जस्ता क्षेत्रमा लगानी बढाउँदै यस भेगको समृद्धिको लागी दत्तचित्त भएर काम गर्ने बताए । 

सिभिल बैंकका अध्यक्ष इ. इच्छाराज तामाङले सिभिल बैंक समाजसँग निकट भएर संचालन गर्ने नीति अनुरुप भीमसेनस्थान क्षेत्रमा नेवारी बाहुल्यता भए बमोजिम शाखाको परिचय पाटी देखि लिएर उद्घाटन समारोहको ढाँचा पनि नेवारी संस्कृति अनुरुप गरिएको र बैंकले आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने बताए ।

अध्यक्ष तामाङबाट परोपकार आदर्श मा.बी.को कक्षा ९मा अध्ययनरत सुनी राईलाई बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मासिक तीन हजारका दरले एक वर्षको जम्मा ३६ हजारको आर्थिक सहयोग विद्यालयका प्रधानाध्यापकलाई हस्तान्तरण गरे ।

साथै कामपा वडा नं २०कै सर्वाधिक ज्येष्ठ नागरीक ९९ वर्षीय मायादेवी नकर्मी कार्यक्रममा आउन असमर्थ भएको कारणले गर्दा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बागमती प्रदेशका प्रमुख भोला बहादुर विष्ट तथा शाखा प्रवन्धक प्रदीप हमाल निजकै निवासमा गई दोसल्ला ओढाई सम्मान गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप