शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

शुक्रबार, २४ माघ २०७६, १५ : २५
शुक्रबार, २४ माघ २०७६

काठमाडौं । चन्द्रागिरी नगरपालिका-४ थानकोट बस्ने गंगालाल महर्जनको घरमा जुवातास खेलिरहेको अवस्थामा धादिङ केवलपुर गाउँपालिका-५ घर भएका २८ वर्षीय कृष्ण नेपाली सहित ५ जनालाई नगद १६ हजार ६ सय रुपैयाँ र ३ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

यसैगरी चन्द्रागिरी नगरपालिका-४ थानकोटस्थित पार्किङ गरि राखेको बा.५ ख ३१८८ नम्बरको बसभित्र जुवातास खेलिरहेको अवस्थामा चन्द्रागिरी नगरपालिका-५ थानकोट बस्ने ३९ वर्षीय बालकृष्ण न्यौपाने समेत ५ जनालाई नगद २३ हजार ७ सय रुपैयाँ र १ बुक तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

महानगरी प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान    गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप