बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अभिनेत्री रुबिनालाई १० प्रश्न : किन ढाँट्नु, प्रेममा छु

शुक्रबार, २४ माघ २०७६, १३ : ५५
शुक्रबार, २४ माघ २०७६

रुबिना थापा फिल्म ‘लभ डायरिज’की अभिनेत्री हुन् । फागुन ३ गते शुक्रबारबाट प्रदर्शनमा आउने यो उनको डेब्यु फिल्म हो । यस फिल्ममा उनले अभिनेता सुशील श्रेष्ठसँग रोमान्स गरेकी छन् । थापा मोडलिङ हुँदै फिल्म अभिनय भित्रिएकी हुन् । सन् २०१५ बाट मोडलिङमा रहेकी थापासँग थुप्रै र्‍याम शाोको अनुभव पनि छ । विभिन्न ब्रान्डको ब्रान्ड एम्बेस्डर र पोस्टर विज्ञापनमा समेत आफूलाई अग्रसर गराउँदै आएकी थापा एक कन्सल्टेन्सिमा करियर काउन्सिलरका रूपमा पनि कार्यरत छिन् । भक्तपुर बालकोटकी स्थायी बासिन्दा अभिनेत्री थापालाई यस्तो छ रातोपाटीको १० प्रश्न ।

फिल्म अभिनयको अफर कसरी मिल्यो ?
म मोडलिङ र विज्ञापनमा छाइरहेको थिएँ । सोही क्रममा खिचिएको मेरो तस्बिर निर्देशक सौरव चौधरीले देख्नुभएछ । तस्बिर हेरेपछि उहाँले फिल्म ‘लभ डायरिज’ अफर गर्नुभयो । फिल्मको कथा राम्रो लागेकाले मैले स्वीकारेँ ।

अभिनय सोच पहिलेदेखि नै थियो कि ?
नढाँटी भन्नुपर्दा फिल्म अभिनय मैले कहिल्यै नसोचेको विषय थियो । एकाएक फिल्म अभिनय अफर भयो । मैले पनि स्वीकारँे । 

हिरोइन भनेको के रहेछ ?
यो, व्यक्ति एक्सपोज हुने एउटा राम्रो प्लेटर्फम वा अवसर रहेछ । यो माध्यमबाट धेरैको आवाज बन्न सकिने रहेछ । धेरैको प्रतिनिधित्व गर्न सकिने रहेछ ।

फेसनतिर रुचि त पक्कै होला ?
धेरै रुचि छ । फेसनको फलो पनि गर्ने गरेको छु । कुन फेसन चलेका छन् । कुन बजारमा पुरानो भयो । कुन नयाँ भित्रिँदैछ । सबैको जानकारी राख्ने गरेकी छु । मलाई महँगो, सस्तो पहिरनमा केही मतलब छैन । आफूलाई कम्फर्ट हुने पहिरन लगाउँछु । मैले जे लगाए पनि राम्री देखिन्छु । 

फुर्सदको समय ?
किताब पढ्छु । कोरियन ड्रामाहरु हेर्छु ।

मनपर्ने खानेकुरा ?
म भेजिटेरियन हुँ । त्यसैले हेल्दी खानेकुरा सबै मनपर्छ ।

कस्ती केटी ?
म जली खालकी केटी हुँ । जली भन्नाले एकदमै हाँसिरहनुपर्ने, खेलिहरनुपर्ने बुझ्नुस् न । उमेरभन्दा बढी म्याचर्ड पनि छु जस्तो लाग्छ । किनभने धेरैले यसै भन्छन् । 

मनपर्ने केटा ?
आफूले के बोलेको छु । के बोल्दै छु भन्ने राम्रोसँग हेक्का राख्ने, अलिकति स्मार्ट, इन्टेलेक्च्युअल केटा मनपर्छ । 
प्रेम ?
किन ढाँट्नु । प्रेममा छु केही वर्षदेखि । योभन्दा अगाडि अहिले नभनौँ होला ।

रोजेको व्यक्तिसँग डेटको अफर दियो भने ?
दिपिका पादुकोणलाई सरी भनेर रणवीर सिंहसँग डेट जान मन छ ।  रणवीरको पर्सनालिटी धेरै मनपर्छ । उनको एनर्जी भरिएको हाउभाउमा म घायल छु । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप