शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : विपिन भर्सेज विराज

शुक्रबार, २४ माघ २०७६, १३ : १५
शुक्रबार, २४ माघ २०७६

 काठमाडौं । केही सातायता नेपाली फिल्म रिलिज हुने क्रम पातलियो ।  त्यसैले पनि हलमा हिन्दी फिल्मको दबदबा थियो । 

तर आज शुक्रबारबाट भने त्यो दबदबामा केही कमी आउने भएका छन् । किनभने आजबाट दुई नयाँ नेपाली फिल्म प्रदर्शनमा आएका छन् ।

फिल्म हुन् ‘सेल्फी किङ’ र ‘साङ्लो’ । यी दुबै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ‘साङ्लो’ अभिनेता विराज भट्टले निर्देशन गरेको फिल्म हो भने ‘सेल्फी किङ’का निर्देशक विशाल सापकोटा रहेका छन् ।

‘सेल्फी किङ’
भर्सटायल अभिनेता विपिन कार्कीको मुख्य भूमिका रहेको ‘सेल्फी किङ’को बुधबार साँझ प्रिमियर समेत गरिएको थियो । कलाकर्मी तथा रंगपत्रकारको बाक्लो उपस्थिति रहेको प्रिमिएरमा धेरैले फिल्मको प्रसंसा गरेका थिए ।

‘सेल्फी किङ’ नामबाट परिचित एक हास्य कलाकारको जीवनमा आउने उतार चढाप समेटिएको फिल्ममा विपिनले ‘सेल्फी किङ’को भुमिका निर्बाह गरेका छन् । फिल्ममा उनको श्रीमतीको भूमिका अभिनेत्री लक्ष्मी वर्देवाले निभाएकी छन् । त्यस्तै, प्रथम अभिनेत्री भुवन चन्द विपिनकी आमाको भूमिकामा छिन् । 

दिनेश राउत र सुवास थापाले मिलेर निर्माण गरेको फिल्ममा प्रवल कोइराला र राजेश विसुराल फिल्मका सहनिर्माताको रुपमा रहेका छन् ।  सुशन प्रजापतिको छायाँकन र जीवन थापाको सम्पादन रहेको फिल्ममा निर्मलकुमार लामाको कोरियोग्राफी छ । फिल्मले सिङ्गल थिएटर, मल्टिप्लेक्स सबैतिर राम्रो सो पाएको छ । 

‘साङ्लो’
अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहेको फिल्म ‘साङ्लो’ विराजसँगै अभिनेत्री निकिता चाण्डकको पनि मुख्य भुमिका रहेको छ । एक्सन लभस्टोरी जनरामा निर्माण भएके बताइएको फिल्ममा विराज तथा निकिताको साथमा जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भीष्म जोशीलगायतका अभिनय छ ।

विराज भट्ट प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप