बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रक्सीको नसामा ढुङ्गाले हानेर साथीको हत्यापछि संवेदनशील अङ्ग काटियो : प्रहरी

शुक्रबार, २४ माघ २०७६, १२ : ४९
शुक्रबार, २४ माघ २०७६

झापा । मादकपदार्थ सेवन गरी साथीको हत्या गर्ने दुई जना पक्राउ परेका छन् । गत सोमबार झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा मादक पदार्थ सेवन गरी साथीको हत्या गर्ने करण चौधरी र लक्ष्मण यादवलाई पक्राउ गरेर प्रहरीले शुक्रबार  सार्वजनिक गरेको छ । 

इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला प्रहरी कार्यालय झापा र प्रदेश नं १ प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्ण कोइरालाले जानकारी दिए । 

उनीहरुले मादक पदार्थ सेवन गर्ने क्रममा विवाद हुँदा भारतको अररिया– ४९ वर्षीय हसन मोहल्ला घर भई १० वर्षदेखि उक्त क्षेत्रमा बस्दै आएका ४० वर्षीय सुवान शेखको ढुङ्गाले हानेर हत्या गरेका कोइरालले बताए । 

विवादको क्रममा शेखले लक्ष्मण र करणलाई आमासँग जोडेर गालीगलौज गरेको बताइएको छ । मदिराको नसा लागेका लक्ष्मण र करणले रिसको आवेगमा आएर शेखको हत्या गरेको कोइरालाले बताए ।

हत्यापछि शेखको शवलाई राजवंशीको खेतमा लगी संवेदनशील अंग काटी उक्त खेतमा रहेको परालमा आगो लगाएर जलाएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । कोइरालाले भने, ‘आमाको नाम जोडेर गालीगलौज गरेकाले त्यसपछि उनीहरूले शेखको संवेदनशील अङ्ग काटेर फालेका रहेछन् ।’ 

प्रहरीले उनीहरुको साथबाट संवेदनशील अंग काट्ने चक्कु, मृतकलाई आगो लगाउँदा प्रयोग भएको लाइटर, मृतकको लेनोभो कालो रङको मोबाइल, रगत लागेको लक्ष्मणको भेस्ट र चुरोटका ठुटाहरु बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप