बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उद्यमी युवालाई आर्थिक अभाव नहुने

शुक्रबार, २४ माघ २०७६, ०९ : ०२
शुक्रबार, २४ माघ २०७६

राष्ट्रिय युवा नीति पुनरावलोेकन तथा युथ भिजन २०२५ कार्यदलले अवधारणापत्र सार्वजनिक गरेकोे छ । युुवा विकास केन्द्रका अध्यक्ष अरुण खड्काले बिहीबार आयोजित कार्यक्रममा अवधारणापत्र सार्वजानिक गर्दै युवालाई देशविकासको प्रवाहमा समाहित गराउन आवश्यक रहेको बताए । 
प्रदेशसभा सदस्य उमिता विक, बलबहादुर साम्सुहाङ र कुमारी साम्वाको राष्ट्रिय युवा नीतिलाई कार्यान्वयमा उतार्न जोड दिए । सामाजिक विकास मन्त्रालयका कानून परामर्शदाता कोषराज न्यौपानेले प्रदेश सरकारले पनि प्रदेश युवा परिषद् गठनको प्रक्रिया अगाडि बढाएको जानकारी दिँर्दै  गठन सम्बन्धी विधेयक पाँचौँ प्रदेशसभामा पेश हुने बताए ।  युवा परिषद् सुनसरीका अध्यक्ष हर्कजङ्ग एभेन लिम्बूले उद्यम गर्न चाहने युवालाई सहयोग गर्न समन्वय गर्ने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप