मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

११ किलो चरेससहित ३ पक्राउ

शुक्रबार, २४ माघ २०७६, ०८ : ५९
शुक्रबार, २४ माघ २०७६

नेपाल प्रहरीले कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीबाट ११ किलोग्राम लागुपदार्थ चरेससहित तीन जनालाई  पक्राउ गरेको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भीमदत्तनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले  बिहीबार बझाङ केदारस्यु गाउँपालिका–६ का ३८ वर्षीय मकर धामी, ३५ वर्षीय गोपाल धामी र बझाङ बुङ्गल नगरपालिका–२ का २३ वर्षीय जयबहादुर धामीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले घटनाका अभियुक्त र चरेससहित नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको बताए । 

त्यसैगरी बिहीबार साँझ मोटरसाइकलको ठक्करबाट कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका ८० वर्षीया तुलसीदेवी चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । म२प ७३५८ नंको मोटरसाइकलको ठक्करबाट वृद्धाको बागफाँटाकै धर्मभक्त टोलमा मृत्यु भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप