कुबेतबाट क्यान्सर पिडित एक नेपालीको आग्रह, ‘मलाई बचाईदिनोस्’
बिगत ६ महिना देखि कुबेतमा रक्त क्यान्सरबाट थलिएकी एक नेपाली चेलिले आफुलाई बचाईदिन सबैमा अनुरोध गरेकी छिन्।
रक्त क्यान्सर भएर कुवेतको अस्पतालमा उपचार गराई रहेकी प्रीति गुरुङले अस्पताल शैयाबाट आफूलाई बचाउन गर्न आग्रह गरेकी हुन्।
बैदेशिक रोजगारीको शिलशिलामा २ बर्षअघि घरेलु कामदारको रूपमा कुवेत आएकी गोरखा आरुघाटकी गुरुङ रक्त क्यान्सर भएपछि कुवेतको अस्पतालमा जीवनसग सघर्ष गर्दै आएकी छिन्।
गत सेप्टेम्बरमा एपेन्डिसाइड भएर कुवेतको फर्वानिया अस्पताल पुगेकी प्रीति एपेन्डिसाइडको अप्रेशन पछि उनलाई रक्त क्यान्सर पनि भएको डक्टरहरूले बताएका थिए।
अहिले उनि कुवेतको स्वयखस्थित सेखबदरी क्यान्सर अस्पतालमा उपचार गराई रहेकी छिन्।
मेरो यहाँ कोहि छैन, ‘डाक्टरले आवस्यकताअनुसार वंशज आफ्नो आमा, बुबा, दाजुभाई, दिदिबहिनीको रगत दिनुपर्ने भनेको छ, उनले रुदै भनिन्, ‘मलाई यस्तो हुदासम्म सहयोग गर्ने कोही छैन्। मलाई नेपाल पठाईदिनुस मेरो परिवार आमाको माया अनि हेरचाहमा मलाई चाडो निको हुन्थो। मलाई नेपाल चाडो पठाईदिनुस्।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी