बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बाँके- बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन मन्त्री ज्वालाको आग्रह

बिहीबार, २३ माघ २०७६, २० : ४९
बिहीबार, २३ माघ २०७६

कर्णाली प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन आग्रह गरेका छन् ।

बाँकेको कोहलपुरमा आज भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले भाषा, संस्कृति रहनसहन मिल्ने भएकाले कर्णाली प्रदेशको अभिन्न अङ्गका रुपमा बाँके बर्दिया समाहित हुन सक्छ भने । 

बर्दियाको राजापुर र बाँकेको नेपालगञ्ज नाका विना कर्णाली प्रदेश अपूरो भएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप