बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा मकै बिउको अभाव

बिहीबार, २३ माघ २०७६, १७ : १६
बिहीबार, २३ माघ २०७६

ओखलढुंगामा यस वर्ष मकैको बिउको अभाव देखिएको छ । जिल्लामा गत वर्ष परेको खडेरी र फौजी किराको प्रकोपका कारण उत्पादनमा ह्रास आएपछि बिउको अभाव भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ । 
जिल्लामा मकैको बिउको अभाव सिर्जना भएपछि बाहिरी जिल्लाबाट बिउ झिकाउनुपर्ने अवस्था आएको कृिष ज्ञान केन्द्र ओखलढुंगाका प्राविधिक सहायक टीका बानियाँले बताए । 
उनले कृषकहरुबाट आएको मागका आधारमा साढे तिन टन मनको बिउ काभ्रे जिल्लाबाट झिकाउने तयारी भैरहेको समेत बताए ।
 जिल्लामा सघन कमैबाली कार्यक्रम,मकैबाली प्रवर्द्धन कार्यक्रम लगायतका कार्यक्रम तथा कृषकहरुबाट लगभग १ सय ८३ भन्दा बढीको आवेदन परेको कृषि ज्ञान केन्द्र ओखलढुंगाका बाली विज्ञान अधिकृत हेम आलेमगरले बताए  । उनले मकैको बिउ बाहिरी जिल्लाबाट ल्यउनुपर्ने भएकाले छिट्टैनै झिकाउने बताए ।

ओखलढुगामा ३० हेक्टर सघन मकैबाली कार्यक्रम सहित करिब १२ हजार हेक्टर क्षेत्रफलमा मकै खेती हुँदै आएको कार्यालय प्रमुख बिष्णुमणि पोखरेलले बताए । उनले मकैबालीलाई थप विस्तार तथा प्रवर्द्र्धन गर्न आवश्यक रहेको समेत औल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप