बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बलात्कार आरोपमा ४ जना पक्राउ

बिहीबार, २३ माघ २०७६, १५ : १७
बिहीबार, २३ माघ २०७६

बुटवल । गुल्मीमा दुई बेग्ला बेग्लै बलात्कार काण्डमा चार जना पक्राउ परेका छन् ।

माघ १२ गते दिउँसो करिव १ बजेको समयमा ईस्मा गाउँपालिका वडा नम्वर ६ अमरपुरमा ६८ बर्षीया बृद्धालाई बलात्कार गरेको अभियोगमा ४२ वर्षीय स्थानीय भिमप्रकाश पोखरेललाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, मुसिकोट नगरपालिका–७ बडिगाड खोलाको डल्लेनहरमा माघ १९ गते स्थानीय १५ वर्षीय किशोरीलाई सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

किशोरी सामूहिक बलात्कार मुद्दामा सोही वडाका ३१ बर्षीय चुराबहादुर कुमाल, १९ वर्षीय टेकबहादुर कुमाल र बाग्लुङ्ग बडिगाड गाउँपालिका–४ का १९ वर्षीय सोनु दगामी घर्ती मगर पक्राउ परेका हुन् । 

यी दुवै घटनाका आरोपितविरुद्ध प्रहरीले मुद्दा दायर गरिसकेको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खड्काले दुबै घटनामा मुद्दा दायर भएकाे बताए । 
बलात्कारका दुवै घटनाबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी प्रमुख खड्काको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप