शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चीनबाट तत्काल नेपालीलाई स्वदेश फर्काउन प्रधानमन्त्रीको निर्देशन

बिहीबार, २३ माघ २०७६, १५ : ०६
बिहीबार, २३ माघ २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नोबल कोरोना भाइरस संक्रमणको खतरालाई मध्यनजर गर्दै सम्पूर्ण तयारी गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

 बिहीबार बिहान उपप्रधानमन्त्री, मन्त्री र सचिवहरुलाई बालुवाटार बोलाएर विशेष बैठक राख्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । 

प्रधानमन्त्रीले बालुवाटारमै बोलाएर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र पर्यटन मन्त्री योगेश भट्टराईलाई बोलाएर नागरिकको स्वास्थ्य र सुरक्षाको निम्ति कुनै कसर बाँकी नराख्न निर्देशन दिएका हुन् । 

सरकारले चीनमा रहेका विद्यार्थीहरुलाई नेपाल ल्याउन गत साताको मन्त्रिपरिषद् बैठकले निर्णय गरेपनि यहाँ राख्ने स्थानको पहिचानमा भएको ढिलाइले उनीहरुलाई ल्याउन सकेको छैन । 

‘शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटी चार स्थानमा क्वारेन्टाइनस्थल व्यवस्थित गर्नु र नेपाल आउन चाहने विद्यार्थी र नागरिकहरूलाई ल्याउन ढिला नगर्नु’, प्रधानमन्त्री ओलीको मन्त्रीहरुलाई निर्देशन छ । 

बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले क्वारेन्टाइनका लागि खोजिएका स्थान र अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए । यस्तै परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप