शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युएईमा एक नेपाली सम्पर्कविहीन

बिहीबार, २३ माघ २०७६, ०८ : ०७
बिहीबार, २३ माघ २०७६

विनोद श्रेष्ठ

वैदेशिक रोजगारीको लागि युएई आएका एक नेपाली सम्बन्धित कम्पनी र परिवारबाट सम्पर्कविहीन भएका छन् ।

गत जनवरी १९ देखि कम्पनी र परिवारको सम्पर्कमा नआएका बुधबारे–८ झापा निवासी पूर्णप्रसाद अधिकारी (पासपोर्ट नम्बर ०९५८८०४९) सम्पर्कविहीन भएका हुन् ।

पाँचथर जिल्लाबाट जारी पासपोर्टधारी अधिकारीको बसोबास हाल बुधबारे झापामा रहेको छ ।

१५ दिन पहिले आफू बिरामी भएको जानकारी आफ्नो परिवारलाई दिएसँगै उनी सम्पर्कविहीन भएको अधिकारीकी श्रीमती गोमा अधिकारीले बताइन् ।

गत जनवरी १२ मा दुबईस्थित एक प्रतिष्ठित किल्निङ कम्पनीमा काम गर्न आएका अधिकारी काम गरेको एक हप्ता नबित्दै कम्पनीबाट सम्पर्कविहीन भएका थिए ।

उता, नेपाली दुताबास अबुधावीले पनि उनी कसैको सम्पर्कमा नरहेको साथै कुनै आपराधिक क्रियाकलापमा नपरेको जनाएको छ ।

उनको परिवार सदस्यहरुले अधिकारीलाई नेपाल फिर्ता गराउन पहल गरेपनि उनलाई युएई पठाउने मिमोसा ओभरसिज विर्तामोडले फिर्ता बोलाउन १ लाख ८५ हजार रुपैयाँ लाग्ने बताएको निजका श्रीमती गोमा अधिकारीले रातोपाटीलाई बताइन् ।

सामान्य मजदुरको काम गर्न आएका अधिकारीले युएई आउन १ लाख १६ हजार रुपैयाँ बुझाएको पारिवारिक स्रोतले बताएको छ ।

मिमोसा ओभर्सिज विर्तामोडका प्रतिनिधि सरिता खरेलमार्फत निज अधिकारी युएई आएका हुन् ।

गोमाले आफ्नो श्रीमान सम्पर्कविहीन भएकोले तत्काल खोजी गरी नेपाल पठाइदिन सबैमा अनुरोधसमेत गरेकी  छिन् । उक्त कार्यमा झापाली युएईले दूतावास र परिवारबीच समन्वय गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप