केन्द्रीय संस्करण

नेपाल–बहराइन सिधा हवाई सम्पर्क पहल

person explore access_timeमाघ २२, २०७६ chat_bubble_outline0

बहराइनका लागि नेपाली राजदूत पद्म सुन्दासले नेपाल बहराइनबीच सिधा हवाई सम्पर्कका लागि पहल भइरहेको जानकारी दिएका छन् ।
मङ्गलबार मनामास्थित नेपाली दूतावासमा आयोजित लगानी प्रवद्र्धन तथा व्यापार विविधीकरणसम्बन्धी छलफलमा उनले सिधा हवाई सम्पर्क नहुँदा नेपालबाट सामान निर्यातमा कठिनाइ भइरहेको हुँदा सिधा सम्पर्कका लागि पहल भइरहेको जानकारी दिएको मनामास्थित नेपाली दूतावासले जनाएको छ ।  
    
    राजदूत सुन्दासले भने, “सिधा हवाई सम्पर्क नभए तापनि बहराइनमा नेपाली वस्तुुको व्यापार प्रवद्र्धन भइरहेकामा मलाई खुशी लागेको छ, यहाँ रहेका नेपाली समुदायको थप सक्रियताको अपेक्षा गरेको छु ।” कार्यक्रममा महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत डा सुमित्रा मानन्धर गुरुङले कम तौल तर उच्च बजारभाउ भएका नेपाली स्थानीय उत्पादनको व्यापार विविधीकरणमा जोड दिँदै बहराइनमा बजार विस्तारको सम्भावना पहिल्याउन आवश्यक रहेको बताइन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...