शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वडाध्यक्षको हत्याका दोषीलाई कारबाही गर्न काँग्रेसको माग

बुधबार, २२ माघ २०७६, १६ : २२
बुधबार, २२ माघ २०७६

काठमाडौं ।  नेपाली काँग्रेस संसदीय दलले अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदम बहादुर धामीको हत्या भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृण खाँणद्वारी जारी विज्ञप्तिमा उक्त घटनाको भत्सर्ना गरिएको छ ।  

‘सरकारले शान्ति सुरक्षा कायम गर्नु नसक्नु र आम नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउनु नसक्नु सरकार कमजोर रहेको यस घटनाले प्रष्ट पारेको छ,’  विज्ञप्तिमा भनिएको छ ।

घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कानूनी कारवाहीको लागि काँग्रेसले सरकार एवं सुरक्षा निकायसँग जोडदार माग गरेको छ ।

यस्ता प्रकारका घटना पुनः दोहोरिन नदिन तथा शान्ति सुरक्षा कायम गर्न काँग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । गत सोमबार राति धामीको हत्या भएको थियो ।

वडाध्यक्ष धामी काँग्रेसका तर्फबाट निर्वाचि भएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप