शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कतार एयरवेज अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघको आधिकारिक एयरलाइन

बुधबार, २२ माघ २०७६, १६ : १२
बुधबार, २२ माघ २०७६

दोहा– कतार एयरवेज क्यान्सर रोकथाम र नियन्त्रणको प्रयासमा सहभागी हुने उद्देश्यले युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल (अन्तर्राष्ट्रिय क्यान्सर नियन्त्रण संघ)को आधिकारिक एयरलाइन प्रायोजक बनेको छ । 

विश्व क्यान्सर दिवसको २०औँ वार्षिकोत्सवको अवसरमा उक्त जानकारी दिइएको हो । यूआईसीसी एक गैर–सरकारी संस्था हो जसले क्यान्सर नियन्त्रणलाई विश्व स्वास्थ्यमा प्राथमिकतामा राखी क्यान्सर समुदायलाई एकजुट गर्दछ । 

संघले २०२० विश्व क्यान्सर महासम्मेलन २०–२२ अक्टोबर, २०२० मा ओमानको मस्कटमा आयोजना गर्ने जानकारी पनि दिएको छ । 

कतार एयरवेज समूहका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले विश्व क्यान्सर दिवसको २० औँ वार्षिकोत्सवको अवसरमा प्रतिष्ठित संघको आधिकारिक प्रायोजक बन्न पाएकोमा गर्भवान्वित भएको बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप