केन्द्रीय संस्करण

रामकृष्ण ढकाल सिड्नी आउँदै

person explore access_timeमाघ २२, २०७६ chat_bubble_outline0

नेपाली सुगम  साङ्गितिक आकाशका  उत्कृष्ट सर्जक  रामकृष्ण ढकाल सिडनी आउने भएका छन् ।

कंगारू ऐजुकेसन फाउन्डेसन एजुकेशन एण्ड भिसा सर्भिसेसको आयोजनामा आगामी मार्च ६ तारिक शुक्रबारको  दिन सिड्नीको  रगडेलमा रहेको इन्द्रेणी फंसन सेन्टरमा ‘रामकृष्ण ढकाल साँझ विथ लाईभ ब्याण्ड’ का लागि उनी सिड्नी आउन लागेका हुन् । 

बिगत तिन दशकदेखी निरन्तर रूपमा गीत संगीत क्षेत्रमा लागि परेका ढकाल  लाईभ ब्याण्ड सहित रामकृष्णले त्यस दिन ‘बिहान उठ्ने बित्तिकै हिमाल’, ‘ओराली लागेको’, ‘माया गर्नेको चोखो माया’, बचन तोडे कसम नै तोडे’, ‘हिरा काट्ने हिरैमा राखेर,’ ‘बाँचुञ्जेलीलाई’ लगायतका डेढ दर्जन उत्कृष्ट गीत संगीत प्रस्तुत गर्ने भएका छन् । 

सिड्नीमा आफ्नो साङ्गितिक प्रस्तुति बारे प्रतिक्रिया दिँदै ढकालले भने, ‘सिड्नीमा रहनु हुने नेपालीहरू माझ आफ्नो एकल प्रस्तुति दिन पाउनुलाई ऐतिहासिक अवसरको रूपमा लिएको छु । म सिड्नीमा मेरा प्रशंसक र नेपाली गीत संगीतप्रेमीहरूलाई भेट्न आतुर छु ।’ 

ढकाल अहिले नेपालमा उत्कृष्ट आबाज खोज्ने कार्यक्रम वाई वाई नेपाल स्टारका निर्णायक हुन् । 

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...