केन्द्रीय संस्करण
आयुर्वेद

बहसमा गाँजामाथिको प्रतिबन्ध : यस्ता छन् गाँजाका आयुर्वेदिक फाइदा (भिडियो–वार्ता)

person explore access_timeमाघ २२, २०७६ chat_bubble_outline0

गत साता प्रतिनिधि सभामा ५० जना सांसदले गाँजाभाङमाथिको प्रतिबन्ध फुकुवा गर्न सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएपछि गाँजामाथि बहस सुरु भएको छ । नेकपा सांसद विरोध खतिवडाको गरेको प्रस्तावमा ती सांसदहरूले समर्थन जनाएका थिए । यद्यपि सांसद खतिवडाले अघिल्लो वर्ष पनि संसदमा गाँजालाई लागू औषधको श्रेणीबाट हटाउन माग गरेका थिए । संसदमा दर्ता गरिएको सार्वजनिक महत्त्वको प्रस्तावमा उनीहरूले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्दै व्यावसायिक उत्पादन गरेर आर्थिक लाभ हासिल गर्न सकिने बताएका छन् । सांसदहरूले यसअघि प्रतिबन्ध लगाएका क्यानडा, अमेरिका लगायतका देशहरूले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्न माग गरेका छन् । नेपालमा २०३३ सालमा गाँजा ऐन लागू भएपछि नेपालमा पनि यसको प्रतिबन्ध लगाइएको थियो । तर गाँजाको आयुर्वेदिक महत्त्व रहेको विज्ञहरूको भनाइ छ । हामीले यसबारेमा सिंहदरबार वैद्यखानाका प्रवन्ध निर्देशक डा. वंशदीप शर्मा खरेलसँग कुराकानी गरेका छौँ । प्रस्तुत छ यो कुराकानी :

गाँजाको आयुर्वेदिक फाइदा के छ ?

आयुर्वेदका विभिन्न किताबमा गाँजा, भाङ, धतुरो, औषधिको रूपमा विभिन्न प्रयोग हुँदै आएको उल्लेख छ । यिनीहरूको प्रयोग गर्न नहुने भन्ने प्रतिबन्धपछि त्यसबाट बन्ने औषधि तयार गर्न छोडिदियौँ । तथापि गाँजा लगायतका द्रव्यहरूको प्रयोगबारे आयुर्वेदिक किताबहरूमा दिइएको छ र विभिन्न खालको औषधिमा यसको प्रयोग हुँदै आएको थियो ।

कस्ता प्रकारका रोगका लागि, कस्ता बिरामीका लागि गाँजाबाट औषधि बनाइन्थ्यो ?

त्यतिखेर कलेरा, कोलाइटिज, बाजिगर, मानसिक रोगका औषधिहरू, रुघाखोकी, ज्वरोमा प्रयोग हुने औषधिहरूमा पनि गाँजाको केही न केही मात्रा हालेर औषधिहरू बनाइन्थ्यो र ती औषधिहरू प्रयोगमा ल्याइन्थ्यो ।

के अहिले गाँजाबाट बन्ने औषधि पूर्णरूपमा रोकिएको हो ? 

नीतिगत रूपमा राज्यले त्यसलाई प्रयोग नगर्ने भनिसकेपछि कुनै पनि स्थितिबाट त्यसलाई प्रयोग गर्ने कुरा त रहेन । अहिले प्रयोग गरिएको छैन ।


मेडिकल उद्देश्यबाट कुरा गर्ने हो भने यसको बारेमा आयुर्वेदका किताबहरूमा स्पष्टसँग उल्लेख छ । गाँजाको प्रयोग कुन कुन ठाउँमा कुन कुन औषधिमा कसरी गर्ने, प्रक्षेप राखेर गर्ने कि भावना दिएर गर्ने कि अथवा त्यसको मात्रामा कुनै भाग राखेर गर्ने हो कि त्यो किसिमको व्याख्या गरिएको छ । त्योअनुसार औषधि बनेर पहिला प्रयोग पनि भएको हो ।


अन्य देशहरूमा औषधि बनाउनका लागि गाँजाको कस्तो प्रयोग हुने गर्छ ?

गाँजालाई बाहिरी देशहरूमा क्यान्सर, बढी दुःखाइ कम गर्न प्रयोग गरिएको भेटिन्छ । यद्यपि हाम्रोमा पनि पहिला यो प्रचलनमा थियो । तर पछि यसको औषधिको प्रयोगभन्दा पनि दुष्प्रभाव बढी भएपछि यसको प्रयोग गर्न आवश्यक छैन भन्ने जुन अवधारणा आयो, त्यसकारण हामीले यसलाई रोक्न खोजेका हौँ । फेरि यसको प्रयोग हुन सक्छ, यसमा मान्छेमा दुष्प्रभाव प¥यो भन्ने जुन व्याख्या थियो तर अहिले त्यो व्याख्या अपुरो छ भन्ने परिसकेपछि त्यसमा फेरि पुनर्विचार हुन जरुरी छ ।

औषधि बनाउनुका साथसाथै अन्य कुनकुन कुरामा गाँजाको प्रयोग हुन सक्छ ? 

गाँजाका विभिन्न प्रजाति हुन्छन् । त्यसको स्वरूपअनुसार, विभिन्न ठाउँमा पाउने गाँजाको प्रकृति अनुसार र उसको जाति विशेष अनुसार विभिन्न उद्देश्यअनुसार प्रयोग भएको भेटिन्छ । कपडा बुन्नका लागि त्यसको रेसा हुन्छ । गाँजाको रेसाबाट कपडा बुन्न पनि सकिन्छ । त्यो औषधि प्रयोगभन्दा पनि उपभोक्ताको उद्देश्यसँग सम्बन्धित भयो । मेडिकल उद्देश्यबाट कुरा गर्ने हो भने यसको बारेमा आयुर्वेदका किताबहरूमा स्पष्टसँग उल्लेख छ । गाँजाको प्रयोग कुन कुन ठाउँमा कुन कुन औषधिमा कसरी गर्ने, प्रक्षेप राखेर गर्ने कि भावना दिएर गर्ने कि अथवा त्यसको मात्रामा कुनै भाग राखेर गर्ने हो कि त्यो किसिमको व्याख्या गरिएको छ । त्योअनुसार औषधि बनेर पहिला प्रयोग पनि भएको हो । यसबारेमा पूर्ण रूपमा अनुसन्धान भने भएको छैन । पहिला हामीले प्रयोग गरेका, पहिला औषधि बनाएका आधारमा यसबारेमा अनुसन्धान गर्न आवश्यक छ । यसलाई हामीले वैज्ञानिक रूपमा प्रमाणित गर्न सक्यौँ भने यसको प्रयोगबाट हामी अरू देशभन्दा अगाडि जान सक्छौँ । किनभने हामीले पहिलादेखि नै यसको प्रयोग गरिरहेका थियौँ । त्यसकारण गाँजाबाट बनेका औषधिमा हामीले ‘पेटेन्ट राइट’ लिन सक्छौँ । त्यसकारण यसबारेमा पुनर्विचार गर्न सान्दर्भिक छ ।

सरकारले गाँजालाई लागू औषधको रूपमा त्यहीअनुसार कानुन बनाएको छ । के गाँजाको अत्यधिक सेवनले हाम्रो शरीरमा नकारात्मक असर पार्छ ?

यसको साइड इफेक्ट भनेको दुव्र्यसन हो । अर्को चाहिँ मानसिक मन्दता हुन्छ कि भन्ने एउटा अध्ययनले बताएको छ । तर अन्य एनालजिसिक, टयाङ्कोलाइजर, नार्कोटिक ड्रक्सहरू भन्दा गाँजा धेरै सुरक्षित भन्ने तवरबाट पनि अध्ययन भएको छ । यसरी यसका अनुसन्धानहरू अगाडि बढिरहेका छन् । त्यसकारण यसमा दुईवटै कुरा छन् । बिरामीको रूपमा र आवश्यकताको रूपमा निरीक्षण गरेर यसलाई चलाउँदा यसको असर अन्य औषधिभन्दा कम भन्ने अनुसन्धानहरूले देखायो भने यसलाई प्रयोग गर्नै नहुने भन्ने कुरा त भएन, प्रयोग गर्न मिल्छ ।


निकोटिनको असर र गाँजाको असर फरक चिज हो । अल्कोहलको असर र यसको असर अलग चिज हो । यिनीहरूले मस्तिष्कमा गएर गर्ने असर फरक खालको छ एउटै प्रकृतिको हैन । तथापि गाँजा खाएर क्यान्सर हुने कुरा हुँदैन तर निकोटिन खाएर क्यान्सर हुन सक्छ । गाँजा खाएर कलेजो खराब हुने भन्ने कुरा अध्ययन नभएको हुन सक्छ अल्कोहलले कलेजोलाई क्षति पु-याउँछ भन्ने अध्ययन भइसकेको छ ।


मानिसले आफ्नो दैनिक जीवनमा चुरोट, खैनी, सुर्ती, रक्सीको प्रयोग गरिरहेका हुन्छन् । यसलाई पनि हामी कुलतकै रूपमा लिने गर्र्छौं । गाँजा, रक्सी चुरोटको तुलना गर्ने हो भने यसको असर उस्तै हुन्छ वा गाँजा फरक हो ?

निकोटिनको असर र गाँजाको असर फरक चिज हो । अल्कोहलको असर र यसको असर अलग चिज हो । यिनीहरूले मस्तिष्कमा गएर गर्ने असर फरक खालको छ एउटै प्रकृतिको हैन । तथापि गाँजा खाएर क्यान्सर हुने कुरा हुँदैन तर निकोटिन खाएर क्यान्सर हुन सक्छ । गाँजा खाएर कलेजो खराब हुने भन्ने कुरा अध्ययन नभएको हुन सक्छ अल्कोहलले कलेजोलाई क्षति पु-याउँछ भन्ने अध्ययन भइसकेको छ । अहिलेसम्म भएको गाँजाको असर भनेको दुव्र्यसन हो । यो खाइसकेपछि यसलाई छोड्नलाई गाह्रो हुनसक्छ । कुलत लाग्नसक्छ भन्ने हो । रक्सीले त सीधै कलेजोमा असर गर्न सक्छ, आन्द्रामा असर गर्न सक्छ । निकोटिनको त कुरै छोडिदिनुस यसले त सखापै बनाउँछ । सुर्तीजन्य पदार्थ, मादक पदार्थ भन्दा गाँजा बढी सुरक्षित छ भन्ने अध्ययनले बताएको छ ।  


मेडिकलको दृष्टिबाट यो मानिसहरूका लागि उपयुक्त छ भनेपछि अन्य जनावरका लागि उपयुक्त नहुने भन्ने कुरै आएन । पहिला पनि गाँजाबाट बनेका औषधि वैद्यखानाले नै बनाएको रातोवरी भन्ने छ । जसमा गाँजाको केही भाग परेको छ । जुन कोलेराका लागि रामवाण नै थियो त्यो बेलामा ।


नेपाल कृषिप्रधान देश भएकाले किसानहरूले गाईवस्तु बिरामी हुँदा गाँजाको पात खुवाउने चलन छ । पशुपक्षीहरूलाई पनि यसले फाइदा पु-याउँछ ?

मेडिकलको दृष्टिबाट यो मानिसहरूका लागि उपयुक्त छ भनेपछि अन्य जनावरका लागि उपयुक्त नहुने भन्ने कुरै आएन । पहिला पनि गाँजाबाट बनेका औषधि वैद्यखानाले नै बनाएको रातोवरी भन्ने छ । जसमा गाँजाको केही भाग परेको छ । जुन कोलेराका लागि रामवाण नै थियो त्यो बेलामा । त्यस्तै अर्को दुग्धवटी भन्ने थियो त्यो चाहिँ कोलाइटिज्का लागि प्रयोग हुन्थ्यो । अर्को लक्ष्मीविलाश रस भन्ने थियो, त्यो चाहिँ रुखाखोकीमा प्रयोग हुन्थ्यो । अर्को त्रिभुवन तृप्ति रस भन्ने छ, त्यो चाहिँ ज्वरोको बिरामीलाई प्रयोग हुन सक्छ । त्यस्तै अन्य औषधिहरू पनि छ जुन मानसिक रोगको उपचारका लागि प्रयोग हुन्थ्यो । भोगसुन्दरी कुटीका लगायतका औषधिहरू छन् ।

यी औषधिले त्यतिखेर प्रभावकारी काम दिएको थियो तर हामीले राष्ट्रिय रूपमै यो प्रतिबन्धात्मक चिज हो भनेपछि त त्यसलाई कुनै पनि दृष्टिकोणबाट अगाडि ल्याउन सकिएन त्यसकारण विस्तारै हामीले त्यसलाई छोडिदिएका हौँ । अब भोलि गएर मेडिकल दृष्टिकोणबाट यो ठीक छ, प्रयोग गर्न सकिन्छ, केही निश्चित मापदण्ड बनाएर यसलाई प्रयोग गर्न सकिन्छ भन्ने कुरा आयो भने फेरि हामीले उत्पादन गर्न सक्छौँ । ती उत्पादनहरूमा हाम्रो अधिकार रहनसक्छ । भोलि विश्व बजारमा ती औषधिहरू लिएर जान सक्छौँ । यसमा पहिलो राष्ट्र बन्न सक्ने सम्भावनाहरू छ ।

अहिलेकेही सांसदहरूले नेपालमा उत्पादन भएको गाँजा निर्यात गरेर देशले आर्थिक उपार्जन गर्न सक्छ भनिरहेका छन् । तपार्इंलाई कस्तो लाग्छ त्यो सम्भावना देखिन्छ ?

मैले यति मात्र भन्न सक्छु कि यो गाँजाबाट यसको कुनै न कुनै अंश राखेर बनेका आयुर्वेदिक औषधि पहिला हामीसँग थिए । यसको महत्त्वलाई हेरेर यसलाई हामीले अगाडि बढाउन सक्छौँ । त्यहीअनुसार तयारी र उत्पादनमा लान सकिन्छ भन्ने कुरा अवलम्बन गर्न सक्छौँ ।

हेर्नुहोस् भिडियो :

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.