शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

३७ सय यात्री बोकेको क्रुजभित्र थिए एक संक्रमितः ३१ जनाको रगत परीक्षणको नतिजा आउँदा १० मा देखियो कोरोना भाइरस

बुधबार, २२ माघ २०७६, ०८ : ४९
बुधबार, २२ माघ २०७६

जापानको योकोहामा नजिकै क्वारेन्टाइनको लागि छोडिएको क्रुज जहाजभित्र भएका अन्य १० जनामा पनि कोरोना भाइरस भेटिएको जापानका स्वास्थ्यमन्त्री कात्सुनोबो कातोले बुधबार जानकारी दिए ।

द डायमण्ड प्रिन्सेस नाम दिइएको उक्त जहाजमा ३७ सय यात्री तथा क्रुका सदस्य रहेको जापान टाइम्सले बताएको छ । यसअघि प्रकाशित समाचारमा जहाजभित्र ३५ सय यात्री भएको  बताइएको थियो । जहाजभित्र यात्रा गरिरहेका ८० वर्षे यात्रीलाई निमोनिया पैदा गर्ने भाइरस लागेको भेटिएपछि उक्त जहाजलाई गत सोमबारदेखि योकोहामाको बन्दरगाहमा छोडिएको थियो ।


२ सय ७३ यात्रीको रगत परीक्षण गरिएको मन्त्रालयका अधिकारीले जानकारी दिएका छन् । तीमध्ये ३१ जनाको नतिजा आएकोमा १० जनामाथि भाइरसको संक्रमण देखिएको मन्त्रालयले बताएको छ । संक्रमित १० जनालाई कानागावा प्रान्तस्थित अस्पताल पुर्‍याएको जानकारीमा उल्लेख छ ।

एनएचकेका अनुसार परीक्षण चलिरहेका बेला सबै यात्रीलाई आफ्नो क्याबिन भित्रै बस्न आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप