शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्व क्यान्सर दिवसको अवसरमा पाटन दरबार स्क्वायरमा दीप प्रज्वलन (फोटोफिचर)

मङ्गलबार, २१ माघ २०७६, २३ : ०१
मङ्गलबार, २१ माघ २०७६

ललितपुर । विश्व क्यान्सर दिवस २०२० को अवसरमा क्यान्सरबाट दिवंगत भएकाहरुको सम्झनामा दीप प्रज्वलन तथा दीप यात्रा गरिएको छ । मंगलबार पाटन दरबार स्क्वायरमा आयोजित सो कार्यक्रममा क्यान्सरविरुद्ध विजयी, क्यान्सर प्रभावित परिवार तथा क्यान्सरसँग आवद्ध विभिन्न व्यक्तित्व तथा संघ–संस्थाको उपस्थिति रहेको थियो ।

ऋचा बजिमय मेमोरियल फाउन्डेसनको आयोजनामा भएको सो कार्यक्रममा क्यान्सरमाथि विजय प्राप्त गरेर बाँच्न सफल भएका १२ जना महानुभावहरुले आफ्नो प्रेरणादायी अनुभव समेत साटेका थिए ।फाउन्डेसन विगतदेखि नै क्यान्सरको भयबाट मुक्त समाज बनाउने परिकल्पना लिएर काम गर्दै आइरहेको संस्थाका अध्यक्ष डा.दीपकसुन्दर श्रेष्ठले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप