बालुवाटारमा जब प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाए....
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज ‘सारङ्गी साँझ’ कार्यक्रममा सहभागी भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मदन भण्डारी कला साहित्य प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सहकार्यमा आयोजित नेपाली मौलिक बाजा र धुनहरुको ‘सारङ्गी साँझ’ मा उनी सहभागी भएका हुन् ।
सो अवसरमा प्रधानमन्त्री ओलीले सारङ्गी र बाँसुरी बजाउनुभएको कला प्रतिष्ठानका महासचिव डा देवी नेपालले जानकारी दिए । ‘‘पहिले उहाँले एक्लै सारङ्गी बजाउनुभएको थियो’, डा नेपालले भने, ‘‘त्यसपछि पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र माधवकुमार नेपालले सारङ्गी र प्रधानमन्त्री ओलीले बाँसुरी बजाउनुभएको थियो ।’
डा.नेपालले प्रधानमन्त्री, मन्त्रीगणलाई मौलिक बाजा र धुनको संरक्षण गर्नुपर्दछ भन्ने सन्देश दिनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए । पूर्वको लिम्बू जातिको पालमदेखि सुदूरपश्चिम प्रदेशको देउडासम्मकोे १० प्रकारका धुन सो अवसरमा बजाइएको थियो ।
नाट्य प्रष्ठिानका करिब ३० कलाकारले विभिन्न बाजाको धुन बजाएका थिए । धुनको संयोजन नाट्य प्रतिष्ठानका प्राज्ञ सदस्य अशोक राईले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीएका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
काठमाडौँको ठुलो भर्याङबाट नक्कली परीक्षार्थी पक्राउ
-
शनिबारदेखि साइग्रेसको ‘वर्ड टुर विद् साइग्रेस’
-
लोकसभा निर्वाचनः दोस्रो चरणमा १३ राज्यमा ८८ सीटमा मतदान सुरु
-
बेँसीसहर–खुदी सडक कालोपत्र सम्पन्न
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर