बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

गाउँपालिका पार गर्न अवैध रुपमा कर उठाइयो

मङ्गलबार, २१ माघ २०७६, २१ : १४
मङ्गलबार, २१ माघ २०७६

स्थानीय तहले लिइरहेको करमाथि जनमानसबाट प्रश्न उठिरहेकै बेला चितवनको इच्छाकामना गाउँपालिकाले यहाँबाट लैजाने कृषिजन्य  सामग्रीमा कर लिन थालेको छ । 

अन्य जिल्लाबाट ल्याइएका कृषिजन्य सामग्रीमा कर तिर्नुपर्दा व्यवसायी मारमा परेका छन् । स्थानीय उत्पादन बाहिर निर्यात गर्दा कर लिने भनी गाउँपालिकाले तीन ठाउँमा ढाट राखेको छ । तर  अन्यन्त्र जिल्लाबाट गाउँपालिका हुँदै लैजाने सामग्रीको पनि कर लिने गर्दा व्यवसायी मारमा परेका हुन् ।  
 
कर उठाउने जिम्मेवारी पाएको आश्ना कन्सट्रक्सनले नारायणगढतर्फ रिग्दिखोलामा, काठमाडौँतर्फ फिस्लिङमा र पोखरातर्फ मुग्लिन पुल नजिकै ढाट राखेर कर असूली गर्दै आएको छ । बाहिरबाट ल्याइएको कृषिजन्य सामग्रीमा पनि गाउँपालिकाले अनाधिकृत रूपमा कर उठाएकोमा व्यवसायीहरु यो कार्यको विरोध जनाएका छन् । 

पोखराबाट नारायणगढतर्फ लैजाने कृषिजन्य वस्तुमा पनि कर लिने गरेको राष्ट्रिय फलफूल तथा तरकारी बिक्री सङ्घ कास्कीका कार्यसमिति सदस्य दुर्गा कँडेलले बताइन् । उनले यस विषयमा गाउँपालिका र जिल्ला प्रशासन कार्यालय चितवनमा पटक–पटक जानकारी गराउँदासमेत कुनै सुनवाई नभएको बताइन् । 

गाउँपालिकाभित्र उत्पादन भएका ढुङ्गा, गिट्टी बालुवा, इँटा, कटिङ ढुङ्गा, माटो, फलफुल, तरकारी तथा वनजन्य खयर, काठ, दाउरा, गोलिया, जडीबुटी, हाड, सिङ, छाला, चौपायालगायत अन्य शीर्षकमा गाउँपालिकाले यसै आर्थिक वर्षदेखि कर उठाउन शुरु  गरेको हो । 
कँडेलले उपलब्ध गराएको बिलमा पहिलो दिन कृषिजन्य शीर्षकमा प्रति टिप १०० रुपैयाँ शुल्क लिएकोमा क्रमशः पछिल्ला दिनमा प्रतिटिप रु २००, त्यसपछि  प्रतिटिप रु २५० र पछिल्लो दिनमा रु ४५० सम्म अवैध रुपमा कर असूली गरेको देखिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप