शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उत्तरी अफगानिस्तानमा भिडन्त, १३ तालिवान लडाकुको मृत्यु

मङ्गलबार, २१ माघ २०७६, १६ : ०४
मङ्गलबार, २१ माघ २०७६

अफगानिस्तान । अफगानिस्तानको उत्तरी जवाज्वान प्रान्तमा गएराति बारुदी सुरुङ बिस्फोट हुँदा सरकार समर्थित एक जना स्थानीय नेता, उनका एक जना सहयोगी सहित ११ जना विद्रोही तालिबान लडाकूको मृत्यु भएको छ । 

प्रान्तीय सरकारका प्रवक्ता अब्दुल मारुफ अजरले सरकार समर्थित आदिवासी लडाकू समूह चढेको सवारी साधनलाई लक्षित गरी तालिबानले सोमबार राति जवाज्वान–सारी पुल सडकमा बारुदी सुरुङ बिछ्याएर आक्रमण गरेको जानकारी दिए ।

उक्त आक्रमणमा संलग्न तालिबान समूहका ११ जनाको मृत्यु भएको र उनीहरुलाई अफगान रेडक्रसलाई जिम्मा लगाइने पनि प्रवक्ता अब्दुलले बताए । तालिबानको मुख्य तारो सरकार समर्थित स्थानीय नेता तोफान रहनु भएको थियो । उहाँको नेतृत्वमा गाउँमा प्रतिरोध समूह गठन गरिएको थियो । 

सन् २००१ मा अमेरिकी आक्रमणबाट तालिबानको सरकार पतन भएसँगै तालिबान समूहले सशस्त्र हिंसात्मक आक्रमण जारी राखेको छ । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप