बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यमन्त्रीको जवाफ : बानेश्वरको हलमा राखेर मात्र कोरोनाभाइरस नियन्त्रण हुँदैन

‘चीनबाट विद्यार्थी ल्याउनु गम्भीर विषय, ३ सय बेडको अस्पताल बनाउछौँ’
मङ्गलबार, २१ माघ २०७६, १४ : ४२
मङ्गलबार, २१ माघ २०७६

काठमाडौँ ।सरुवा रोग कोरोनाभाइसरबारे प्रतिनिधिसभाको बैठकमा सवालजवाफ भएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभाको बैठकमा चीनबाट फैलिएको कोरोनाभाइरस नियन्त्रण गर्न सरकारको तयारीबारे सांसदहरुले प्रश्न गरेका छन् ।

समाजवादी पार्टीका सांसद प्रदीप यादवले चीनमा अलपत्र परेका नेपालीलाई सरकारले उद्धार गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरे । उनले चीनमा अलपत्र नेपालीलाई स्वदेश फर्काएर राख्ने ठाँउ नभए संसद भवन खाली गरेर राख्न सुझाव दिए ।

अन्य संसादहरुले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन सरकारले के गरेको छ भन्दै प्रश्न गरेका थिए । सांसदहरुको जवाफ दिने क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले संक्रमण नियन्त्रण गर्न सरकारले आन्तरिक तयारी गरेको बताए । 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा २ पटक विज्ञहरुसँग बैठक बसेको बताउँदै आवश्यक तयारीको योजना बनाएको जानकारी गराए । उनले आफ्नो नेतृत्वमा उच्चस्तरीय समिति र सचिवको नेतृत्वमा कार्यकारी समिति बनाएर काम गरिरहेको उल्लेख गरे ।  कोरोना भाइरसबाट कसरी बच्ने भनेर चेतनामूलक विज्ञापन गरिरहेको बताउँदै हरेक दिन पत्रकारसँग यसबारेमा ब्रिफिङको काम गरेको जानकारी दिए । साथै अस्पतालतसँग विभिन्न समयमा बैठक बसेर अन्त्क्रिया परामर्श गरिरहेको बताए ।


‘अन्तर्राष्ट्रिय मान्यतालाई हेर्दा उनीहरुलाई ल्याउन जरुरी छ तर उनीहरुबाट अरुमा रोग सङ्क्रमण नहोस् भनेर सावधानी अपनाउन पनि जरुरी छ । जुन देशमा चीनबाट नागरिक ल्याएर संरक्षण गरियो त्यहाँबाट पनि छिटपुट प्रतिक्रिया आएको छ । जोखिम नहुने सुनिश्चिता गरेर मात्रै ल्याउने तयारीमा रहेका छौँ ।’


चीनबाट विद्यार्थी ल्याउनु गम्भीर विषय

संसदमा बोल्दै मन्त्री ढकालले चीनमा अलपत्र परेका विद्यार्थीलाई नेपाल ल्याएर उपचार गर्ने कुरा गम्भीर विषय रहेको बताए । उनले सरकार ति विद्यार्थीहरुलाई विलम्ब नगरी नेपाल ल्याउने तयारीमा रहेको जानकारी दिए । उनले भने–‘अन्तर्राष्ट्रिय मान्यतालाई हेर्दा उनीहरुलाई ल्याउन जरुरी छ तर उनीहरुबाट अरुमा रोग सङ्क्रमण नहोस् भनेर सावधानी अपनाउन पनि जरुरी छ । जुन देशमा चीनबाट नागरिक ल्याएर संरक्षण गरियो त्यहाँबाट पनि छिटपुट प्रतिक्रिया आएको छ । जोखिम नहुने सुनिश्चिता गरेर मात्रै ल्याउने तयारीमा रहेका छौँ ।’

उनले चीनबाट ल्याइएका नागरिकलाई कुन ठाउँमा राख्ने भन्ने निश्चयमा सरकार रहेको बताउँदै बस्तीभन्दा टाढा रहेको ठाँउ छनौटमा गरेको उल्लेख गरे । उनले सांसद यादवलाई बानेश्वरको हलमा राखेर मात्र कोरोना भाइरस नियन्त्रण नहुने जवाफ दिए । 


दुतावासमार्फत चीनमा रहेका १ सय ८० नेपाली नागरिकले नेपाल फर्कन फर्म भरेको बताउदै मन्त्री ढकालले उनीहरुमाथि सबैभन्दा पहिलो परीक्षण चीनमा हुने बताए । उनले  उनीहरुमा संक्रमण भए चीन सरकारले नेपाल नपठाउने बताए ।

उनले चीनको हुवान प्रान्तमा सडक यातायात प्लेन सबै बन्द रहेको बताउँदै चीन सरकारसँग समन्वय गरेर ल्याउनुपर्ने अवस्था रहेको बताए । उनले भने, ‘उनीहरुलाई नेपाल ल्याउदा एयरर्पोटमा लिन जाँदा सम्पूर्ण साधान लिएर जानुपर्ने अवस्था छ । घरमा जाने सुविधा हुँदैन । १४ दिन न्यूनतम क्वारेन्टाइनमा राख्नुपर्छ । उनीहरुमा केही छैन भनेपछि मात्रै सार्वजनिक सम्पर्कमा जान सक्नेछन् ।’

उनले संक्रामक रोगको उपचार ऐन २०२० अनुसार त्यस्ता व्यक्तिलाई छुट्टै राखी उपचार गर्न मन्त्रीपरिषदको बैठकले आदेश जारी गरेको पनि जानकारी दिए । साथै उपचारका लागि ३ अस्पतालमा ४३ वटा बेडको तयारी गरेको पनि उनको भनाइ छ ।

पोखरा चितवन र भैरहवामा हेल्प डेस्क स्थापना गरेको बताउँदै मन्त्री ढकालले रसुवा र तातोपानीलाई पनि सम्भावित जोखिमको ठाउँमा राखिएको जानकारी दिए ।

साथै विभिन्न समयमा हुने संक्रमणका रोगीका लागि उपचार गर्न सरकारले  भएको बिरामी भएमा त्यस्ता विरामीको उपचारका लागि स्वास्थ मन्त्रालयले ३ सयसम्म बेडसम्मको अस्पताल बनाउने तयारी गरेको उल्लेख गरे । सरकारले कोरोना भाइरसको जोखिमबाट बच्न गरेको तयारीमा विश्व स्वास्थ्य सङ्गठनका पदाधिकारीले पनि सन्तोष ब्यक्त गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप