शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकगायक बद्री पङ्गेनीलाई पितृशोक

सोमबार, २० माघ २०७६, १८ : ४३
सोमबार, २० माघ २०७६

काठमाडौं । लोकगायक बद्री पङ्गेनीलाई पितृशोक परेको छ । उनका पिता बोधराजको ७० वर्षको उमेरमा आज निधन भएको हो ।   काठमाडौँको धापासीबाट उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको बाटामै निधन भएको परिवारले जनाएको छ । उनी दमसम्बन्धी समस्याबाट पीडित रहेका थिए ।

उनको पाल्पा, रामपुरमा दाहसंस्कार गरिने भएको छ । उनका दुई छोरा र एक छोरी छन् । स्व.बोधराजकी श्रीमतीको यसअघि नै निधन भइसकेको छ ।  राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका निवर्तमान अध्यक्ष पङ्गेनीका पिताको निधनप्रति प्रतिष्ठानका अध्यक्ष रमेश बिजीलगायत विभिन्न सङ्घसंस्थाले दुःख व्यक्त गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप