शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

केन्द्रीय कमिटी बैठकको समापन गर्दै ओलीले भने– देशमा भ्रष्टाचार बढेको छैन

आइतबार, १९ माघ २०७६, १६ : ४३
आइतबार, १९ माघ २०७६

काठमाडौँ । प्रधानमनत्री तथा नेकपाका अध्यक्ष केपी ओलीले मुलुकमा भ्रष्टाचार बढेको भन्ने कुरा सत्य नभएको बताएका छन् ।

आइतबार केन्द्रीय कमिटी बैठकको समापन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण भइरहेको दावी पनि गरे । 

उनले जनतामा सुशासन र स्वच्छताका लागि पार्टी र सरकार लागि रहेको भन्दै सरकारमा रहेका कुनैपनि व्यक्ति भ्रष्टारमा मुछिनु नहुने बताए । 

‘कुनैपनि तहको सरकारमा रहेकाहरु र कोहीपनि भ्रष्टाचारमा फेला नपरोस्, फेला परे कारवाही हुन्छ’ ओलीको भनाइ छ । यसका लागि उनले पार्टीले सहयोग र निर्देशन दिनुपर्ने पनि बताए । 

देशको अपेक्षा र जनताको अपेक्षा अनुसार पार्टी एकढिक्का भएर चलेको भन्दै केही सञ्चारमाध्यमले पार्टीबारे भ्रम फैलाएको भन्दै गुट परिवर्तन गरेकोमा आपत्ति जनाए । 

‘हामी यताको भाग र उताको भागमा होइन । मान्छेका टाउका हुन्छन्। विचार हुन्छन् । भाग लगाएर पारित गर्ने फलानो फलानाको भनेर भागबण्डा लगाउनु अनुचित कुरा हो’ ओलीको दावी छ । 

उनले नेकपा एकताबद्ध र सुदृढ अवस्थामा रहेको र कसैले तलमाथि पार्न नसक्ने ठोकुवा पनि गरे । ओलीले समापन मन्तव्यको अन्तिममा नेता तथा सांसदहरुलाई रात्रिभोजमा सहभागी हुन आग्रह गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप