शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

तापसी पन्नू भइन् रुष्टः भनिन्, ‘हामीले शाहिद कपुरको ‘कबीर सिंह’ को जवाफमा ‘थप्पड’ बनाएका होइनौं’

आइतबार, १९ माघ २०७६, १२ : ५०
आइतबार, १९ माघ २०७६

तापसी पन्नुको आउँदो फिल्म ‘थप्पड’ को ट्रेलर निकै रुचाइँदैछ । फिल्मको कहानी एउटा यस्ती महिलामा आधारित छ जसले आफ्ना श्रीमानले गरेको घरेलु हिंसाको आवाज उठाएर उनीसँग सम्बन्धविच्छेदको माग गर्छिन् । फिल्मको निर्देशन अनुभव सिन्हाले गरेका हुन् । यसको ट्रेलर आउनेबित्तिकै यो चर्चाको विषय बनेको छ । यद्यपि, सोसल मिडियामा फिल्मको तुलना ‘कबिर सिंह’ सँग गरिएपछि तापसी पन्नू रिसाएकी छिन् । यसमा उनले प्रतिक्रिया पनि दिएकी छिन् ।

‘कबिर सिंह’ अघि लेखिएको थियो स्क्रिप्टः

मिडियासँगको कुराकानीमा तापसीले भनिन्, ‘हामीले आफ्नो फिल्म ‘थप्पड’ ‘कबिर सिंह’ लाई ध्यानमा राखेर बनाएको होइनौं । हामीले यो फिल्म कुनै फिल्मको जवाफको रुपमा बनाएका हौं भन्ने प्रतिक्रिया सुन्दा निकै दुःख लाग्छ । यो फिल्म ‘कबिर सिंह’ को रिलिज अघि नै लेखेका थियौं । मलाई लाग्छ कि थप्पड एउटा सुरुवात हो तर कुनै सम्बन्धको पत्र खोल्नका लागि फिल्ममा अन्य मुद्दा पनि देखाइएको छ । म मान्छु कि कबिर सिंह र हाम्रो फिल्ममा एक समानता छ तर यो फिल्मको पूरा विषयसँग मेल खाँदैन, तर यस्ता घटना पहिला रिलिज भएका फिल्ममा भएनन् र ? यस्ता हज्जारौं फिल्म बनेका छन् जसमा एक पुरुषले महिलालाई थप्पड हानिएको छ, यसमा के नयाँ छ ? कबिर सिंह यो सूचीमा नयाँ थियो त्यसकारण मानिसहरुले उक्त फिल्मसँग सुरु गरे ।

म कबिर सिंहमा काम गर्दिनथेँः

तापसीले थपिन्, ‘मलाई लाग्छ कि मानिसहरुले फिल्म हेर्ने बेला आफ्नो दिमागलाई घरमा छोडेर आउनु हुँदैन । कबिर सिंहले धेरै पैसा कमायो र निर्मातालाई बधाईको ओइरो लाग्यो तर यदि मलाई कबिर सिंहमा महिलाको भूमिका निर्वाह गर्न भनिएको भए म त्यसमा कहिले पनि काम गर्दिनथेँ । ’

तापसीको ‘थप्पड’ को कुरा गर्ने हो भने फिल्ममा उनीबाहेक पवेल गुलाटी, दिया मिर्जा, रत्ना पाठक शाह, तन्वी आजमी, कुमुद मिश्रा र मानव कौल पनि देखिनेछन् । फिल्म २८ फेब्रुअरीमा रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप