केन्द्रीय संस्करण
विज्ञान मन्थन

टाइटनको सतहमा ड्रोन उडाउने इच्छा

person explore access_timeमाघ १९, २०७६ chat_bubble_outline0
चित्र १: क्यासिनी उपग्रहले खिचेको टाइटनको पूर्ण तस्वीर (श्रोत: नासा)

टाइटन, सौर्यमंडलको एक आनौठो पिण्ड, जुन शनिग्रहको चक्कर काट्छ । यस उपग्रहमा सूर्यको प्रकाश आइपुग्न  करीब ८० मिनेट लाग्दछ । यो सूर्यबाट पृथ्वी-सूर्यको दूरीको लगभग १० गुणा पर पर्छ । करिब २५७५ किलोमिटर व्यस भएको यो उपग्रह शनिग्रहबाट १२ लाख किलोमिटरको दुरीमा परिक्रमा गर्दछ। १५ दिन २२ घण्टामा यसले शनिग्रहको एक चक्कर लगाउछ।

टाईटनमा पृथ्वीमा भन्दा ७ गुना बाक्लो बायुमण्डल भएका कारण खगोलशास्त्री र वैज्ञानिक समुदाय यसको अध्ययन गर्न निकै उत्साहित छन्।  जीवनका लागि चाहिने अक्सिजन भन्दा नाइट्रोजनले भरिपुर्ण भएकोले पृथ्वीको बैकल्पिक बासस्थान बनाई हाल्न अलिक अफ्टेरो छ टाईटन। तर ९८% नाइट्रोजन, २% मिथेनको मिश्रण र बाक्लो बायुमण्डल भएको कारण यसमा हवाई उडान गर्न निकै सजिलो छ।  मान्छेले मंगलग्रहको सतहमा निकै सुस्तगतिमा चल्ने रोबोटका कारण एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न लाग्ने बर्षौको काम टाईटनमा रहेको बाक्लो बायुमण्डलको सहयोगले उडेर निकै चाडो दुरी तय गर्ने हिसाब गर्न सकिन्छ।

चित्र २ : काल्पनिक चित्रण: ड्रागन-फ्लाई (ड्रोने), टाईटनको सतहमा  (श्रोत: जोन्स होपकिन्स अ.फि.ल्याब)
चित्र २ : काल्पनिक चित्रण: ड्रागन-फ्लाई (ड्रोने), टाईटनको सतहमा  (श्रोत: जोन्स होपकिन्स अ.फि.ल्याब)

गजबको कुरा चाहिँ सतहमा मिथेन ग्यास तरल पदार्थमा पाहिने र यसलाई घरेलु खाना पकाउने ग्यास जसरी सजिलै उर्जामा बदल्न सकिने भएकाले टाईटानको सतहमा कुनै पनि रोबोटलाई हिड्डुल गर्न र वैज्ञानिक डाटा सम्प्रेसण गर्न चाहिने उर्जा सजिलै उत्पादन गर्न सकिन्छ। आहिलेसम्मको अन्तरिक्ष्य उडानमा सौर्य उर्जा र दोस्रो विश्व युद्धमा तयार पारिएका प्लुटोनियम एटमको अणबिक उर्जाले गति र यन्त्रमा भएको कम्पुटर र सेन्सर चलाउने गरिन्थ्यो। तर ९८% नाइट्रोजन, जुन पृथ्वी मा ७१% को हाराहारीमा रहेको छ, जसका कारण हाम्रा एयरबस-३८० जत्रा विशाल विमान, अपाचे जस्ता लडाकु हेलिकप्टर निकै तीब्र गतिमा एक ठाउँ देखि अर्को ठाउँसम्म पुग्न सक्छन, त्यस्तै टाईटनमा विशाल विमान उडान भर्न पृथ्वीमा भन्दा धेरै गुणा सजिलो हुन्छ।

चित्र ३ : काल्पनिक चित्रण: ड्रागन-फ्लाई (ड्रोने) टाईटनको सतहमा अवतरण गर्ने तरिका (श्रोत: जोन्स होपकिन्स अ.फि.ल्याब)
चित्र ३ : काल्पनिक चित्रण: ड्रागन-फ्लाई (ड्रोने) टाईटनको सतहमा अवतरण गर्ने तरिका (श्रोत: जोन्स होपकिन्स अ.फि.ल्याब)

टाईटनको रहस्य शनिग्रहको सोधका लागि पठाईएको भोएजर-१,२ र क्यासिनी भू-उपग्रहले निकै बिस्तृत रुपमा टाडाबाट अध्ययन गरेका थिए। हैजिनस (huygens) नामक एक प्रोबले (क्यासिनीसंग छुट्टिएर टाईटनको सतह अध्ययन गर्न बनाईएको यन्त्र) टाईटनको वायुमण्डल प्रवेस गर्ने बेला सतह भन्दा ५५ - ८० किलोमीटर भित्र तरल पानीको समुन्द्र रहेको डाटा पठाउन सफल भएको थियो। जीवनलाई चाहिने पानी थुप्रै उपग्रहमा पाहिने भएपनि तरल पानी त्यो पनि यतिधेरै मात्रामा देखिएकोले टाईटनमा जीवन पनि हुन सक्ने सम्भावना रहेको छ। पृथ्वीमा अक्सिजन बिना र सौर्य उर्जाका बिना जीवन जिउन सक्ने ब्याक्टेरियाहरु प्रशस्तै मात्रामा भेटिएका छन। एक्ष्त्रिमोफाइल (extremophile) को नामले चिनिने यी ब्याक्टेरिया निकै उच्चतम तापक्रम तथा अम्लिया तरल (acidic solution) मा अक्सिजनको साटो नाइट्रोजन, सल्फरलाई आहारा बनाएर जीवन जिउने गरेका छन्।

चित्र ४ : हैजिनस प्रोबले अवतरण गरे पछि खिचेको टाईटनको सतह  (श्रोत: नासा)
चित्र ४ : हैजिनस प्रोबले अवतरण गरे पछि खिचेको टाईटनको सतह  (श्रोत: नासा) 

हैजिनस प्रोब टाईटनको सतहमा अवतरण गरेको केहि घण्टामै ब्याट्री सकिएको कारण अझ धेरै वैज्ञानिक डाटा र सतहको फोटो पठाउन सकेन। हैजिनसको असफलतालाई ध्यानमा राखी वैज्ञानिकहरुले ड्रागन-फ्लाई (dragon-fly) नामक ड्रोनेको सहयोगले टाईटनका रहस्यहरु खोज्ने योजना बनाइराखेका छन्। सन् २०२५ मा पृथ्वीबाट उडान भर्ने लक्ष्य रखिएको ड्रागन-फ्लाई (dragon-fly) २०३२ मा मात्र टाईटनको सतहमा पुग्नेछ। जोन्स होपकिन्स अ.फि.ल्याबको प्रस्ताव रहेको यो मिसनलाई सफल बनाउन नासाको सहयोगको मुख्य भूमिका हुनेछ। लगभग यो ड्रोनेको निर्माणका लागि लाग्ने ९४ अर्ब रुपिया र प्रक्षेपणको लागि लाग्ने १७ अर्ब रुपिया नासाले खर्चिनु पर्दछ। सुर्यको अध्ययनका लागि २०० अर्ब रुपिया खर्चेर बनाएको पार्कर सोलार प्रोब पठाएको नासाले यो योजनलाई कुन ढंगले लिन्छ भन्ने छ। मंगल गह्र र चन्द्रमालाई लक्छित गरी धेरै योजनहरुलाई अघि बढाईरहेको बेला टाईटनमा ड्रोनेको प्रस्तावले सबैलाई फेरि खगोल विज्ञान र यसका नयाँ प्रगतिमा निकै चासो बढाएको छ।

पृथ्वीमा जीवनको सुरुवात कसरी भयो भन्ने प्रश्नको उत्तर रसायनशास्त्रले जैविकशास्त्रको सुरुवात गरेको भन्ने कुरा टाईटनको यस योजनाले थप पुस्टि गर्छ। ब्रम्हाण्डमा जीवनको उत्पति एकदम आश्चर्यजनक घटना हो। यो कसरी सुरु भयो भन्ने प्रश्न टाईटनको सतहबाट ५५ किलोमिटर तल रहेको तरल पानीको समुन्द्रमा लुकेको छ।

 

-पारसमणि तिमिल्सिना
-प्रीक्सा टेक्नोलोजीजका सह-संस्थापक, इसट्रक्चारल इन्जीनियर हुनुका साथै खगोल विज्ञानमा निकै रुचि राख्ने व्यक्ति हुन्।  

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...