बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रामी पहिरनमा प्रियंका ट्रोल हुँदा आमा मधु चोपडाले भनिन्, ‘उसको शरीर हो, जे मन लाग्छ गरोस्’

आइतबार, १९ माघ २०७६, ०८ : ३८
आइतबार, १९ माघ २०७६

प्रियंका चोपडा ६२ औं ग्रामी अवार्डमा आफ्नो रेड कार्पेट पहिरनका कारण केही दिनअघि ट्रोल भएकी थिइन् । उनले राल्फ एण्ड लरेनको गाउन लगाएकी थिइन् जुन निकै बोल्ड थियो । यसैका कारण उनले सोसल मिडियामा अत्यधिक ट्रोलिङको सामना गर्नुपरेको थियो । यस्तोमा हालै उनकी आमा मधु चोपडा मुम्बईको एक कार्यक्रममा पुग्दा मिडियाले प्रियंकाको ट्रोलिङमाथि प्रश्न गरे जसको उनले निकै सटिक जवाफ पनि दिइन् ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 

Tassel fun. #grammys

A post shared by Priyanka Chopra Jonas (@priyankachopra) on

आमाले भनिन्, ‘प्रियंकाको शरीर हो, मन लागेको गरोस्’

मधु चोपडाले ट्रोलिङमा भनिन्, ‘यस्तो भएकोमा मलाई खुसी लागेको छ, यसले प्रियंकालाई थप बलियो बनाएको छ । उनी आफ्नो शर्तमा जीवन बाँच्छिन् । उनले कसैलाई पनि हानी पुर्याइरहेकी छैनन् । यो उनको शरीर हो, मन लागेको गरोस् र उनको शरीर निकै राम्रो पनि छ । जहाँसम्म ट्रोलर्सको प्रश्न छ, उनीहरुको जीवनमा कुनै खुसी छैन । यस्तो भनेर उनीहरुले अरुको ध्यान आफूतर्फ केन्द्रीत गर्न खोजिरहेका छन् । र यस्ता मानिसहरुलाई ध्यान दिन म आवश्यक ठान्दिनँ । जब प्रियंकाले उक्त पहिरन लगाउने भएकी थिइन् तब मलाई फाटो पठाएकी थिइन् । उक्त पहिरन मलाई थोरै चुनौतीपूर्ण लागेको थियो तर उनले निकै राम्रोसँग सम्हालिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप