साताको शेयरबजार : साढे छ अर्बमाथि कारोवार
धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचकले ‘बुलिस ट्रेण्ड’ पछ्यायो । लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो । नेपाल स्टक एक्स्चेन्जका अनुसार साताभर कूल १८० कम्पनीका कूल एक करोड ६२ लाख ८९ हजारु २४९ कित्ता शेयर रु छ खर्ब ५४ अर्ब २७ लाख ८६ हजार ४६४ मा खरीदबिक्री भए ।
साताको पहिलो दिन नेप्से परिसूचक झण्डै २१ अङ्कले ओरालो लाग्यो । सो दिन नेप्से २०.७९ विन्दुले ओरालो लागेर एक हजार २७६.६८ मा समेटियो । कूल १७४ कम्पनीका २६ लाख ६० हजार ३७ कित्ता शेयर रु ९६ करोड ५० लाख १८ हजार ६६२ मूल्यमा खरीदबिक्री भए ।
यस्तै सोमबार नेप्से झण्डै २४ अङ्कले वृद्धि भयो । स्टकका अनुसार नेप्से २३.९५ विन्दुले बढेर एक हजार ३००.६२ मा पुग्यो । नेप्सेमा उच्च विन्दुको सुधार देखिँदा कारोवार रकममा भने त्यसको प्रभाव देखिएन । कूल १८० कम्पनीका २४ लाख नौ हजार २६२ कित्ता शेयर रु ९१ करोड ७३ लाख ५९ हजार ८६५ मूल्यमा खरीदबिक्री भए ।
यस्तै मङ्गलबार नेप्से सामान्य वृद्धि भयो । त्यस दिन नेप्से ५.५२ अङ्कले बढेर एक हजार ३०६.१५ मा पुग्यो । मङ्गलबार कूल १७८ कम्पनीका ३७ लाख ३९ हजार ३९७ कित्ता शेयर रु एक अर्ब ४० करोड ४ लाख ७६ हजार ८०५ मा खरीदबिक्री भयो ।
बुधबार नेप्सेमा झिनो अङ्कले गिरावट आयो । सो दिन नेप्से ०.२७ अङ्कले घटेर एक हजार ३०५.८८ मा थामियो । त्यसदिन कूल १७६ कम्पनीका २८ लाख ७८ हजार ४५२ कित्ता शेयर रु एक अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ मा खरीदबिक्री भए ।
साताको अन्तिम दिन नेप्से उकालो लाग्यो । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक झण्डै २० अङ्कले उकालो लाग्यो । स्टकका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुग्यो । नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भयो ।
कूल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर रु एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ मूल्यमा खरीद बिक्री भए । यस साता स्कटकमा सनराइज बैंकका ऋणपत्र सूचीकृत भए । स्टकका अनुसार ३० लाख कित्ता ऋणपत्र सूचीकृत भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
द्रुतमार्गको सट्टाभर्ना बापत सेनाले वृक्षरोपण गरेको जग्गामा व्यक्तिको दाबी
-
रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो
-
फौजदारी न्यायको प्रभावकारिता बिना न्याय प्रणाली सुदृढ बन्न सक्दैन: प्रधानन्यायाधीश श्रेष्ठ
-
सङ्घीयता प्रतिवेदनका सुझाव कार्यान्वयन गर्न निर्देशन
-
चीनले अस्ट्रेलियन वाइनमा लगाएको अतिरिक्त शुल्क हटायो
-
तलब खुवाउन विद्यार्थीबाट ११ लाख उठाएर हिनामिना, अख्तियारले चलायो मुद्दा