मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चीनमा रहेका नेपाली विद्यार्थीको 'रेस्क्यू' गर्न जहाज तयारी अवस्थामाः मन्त्री भट्टराई

शनिबार, १८ माघ २०७६, २१ : ००
शनिबार, १८ माघ २०७६

काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपाली विद्यार्थीको रेस्क्यू गर्न जहाज तयारी अवस्थामा रहेको बताएका छन् । 

कोरोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा शनिबार पर्यटन बार्डमा भएको छलफलमा मन्त्री भट्टराईले चीनमा अध्ययनरत विद्यार्थीहरुलाई फिर्ता गर्न २ वटा जहाज तयारी अवस्थामा रहेको बताएका हुन् । 

पराराष्ट्र मन्त्रालयले चिनियाँ सरकार र दूतावससँग प्रभावित क्षेत्रका विषयमा जानकारी दिइरहेको अवगत गराउँदै भट्टराईले अहिलेसम्म नेपाली विद्यार्थीहरु सुरक्षीत रहेको बताए । 

चीनको सबैभन्दा बढी प्रभावित क्षेत्र वुहानमा १९० जना नेपाली विद्यार्थी अध्ययनरत रहेका छन् । अन्य देशहरुले आफ्ना नागरिकहरुलाई फिर्ता बोलाइरहेको सन्दर्भमा भट्टराईले नेपाली विद्यार्थीहरुको उद्धारका लागि २ वटा जहाज तयारी अवस्थामा रहेको बताएका हुन् । 

 ‘आवश्यक पर्यो भने २ वटा जहाज नेपाल एयरलाइन्स र हिलमालय एयरलाइन्स तयारी अवस्थामा छन् । दुबै एयरलाईन्ससँग मैले कुरा गरेर तयारी अवस्थामा रहनु भनेको छु । कुनै पनि बेला सरकारले रेस्क्यु गर्छ’, उनले भने ।

बाहिर फैलाइएजस्तो भयावह अवस्था नभएकोले चिनियाँ अधिकारीहरुले आफूहरुलाई विश्वस्त बनाएको उनले बताए । 

कतिपय शक्तिराष्ट्रहरुले आफ्नो स्वार्थपूर्तिका लागि भयावह अवस्था सिर्जना गर्ने र आतंक मच्चाउने गरेको समेत उनले बताए । 

‘यही होला भन्न त सकिन्न तर धेरैले आफ्नो स्वार्थपूर्तिका लागि यस्तो प्रचार गर्नेगर्दछन् हामी जोगिनुपर्छ’, उनले भने। नेपाल आउने पर्यटक र आउन चहाने पर्यटकहरुलाई नेपाल सुरक्षित र ठिक छ भन्ने सन्देश प्रवाह गर्न पनि उनले सबैमा आग्रह गरेका छन् । 

विभिन्न पर्यटकिय स्थलहरुमा अझै प्रचार सामग्री अपुग भएको उल्लेख गर्दै भट्टराईले ठमेल, लुम्बिनी लगायतका क्षेत्रमा नेपाली, अंग्रेजी र चिनियाँ भाषाका प्रचार सामग्री पठाउने तयारी भइरहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप