शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाले हालसालै चीनको भ्रमण गरेका विदेशीलाई भिषा नदिने घोषणा, निर्णयप्रति चीनको आपत्ति

शनिबार, १८ माघ २०७६, ११ : ५२
शनिबार, १८ माघ २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार कोरोनाभाइरसको प्रकोपलाई जनस्वास्थ संकटकाल घोषणा गरे । 

घोषणा अन्तर्गत चीन भ्रमण गरेर फर्किएका विदेशी नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएको छ । 

पछिल्लो दुई हप्ताभित्र चीनको भ्रमण गरेका विदेशीका हकमा यो नियम लागु हुनेछ र यो नियम अल्पकालिन समयका लागि मात्र हो ।   

तर अमेरिकी नागरिक तथा तिनको निकटवर्ती विदेशी नातेदारलाई भने यो प्रतिबन्ध लागु हुनेछैन । 

चीनले अमेरिकाको उक्त कदमप्रति असन्तुष्टि जनाएको छ । कठिनाइबाट गुर्जिरहेको देशप्रति अमेरिकाको कदमले कसैलाई फाइदा नहुने चीनले टिप्पणी गरेको छ । 
‘विश्व स्वास्थ संगठनले यात्रा प्रतिबन्ध नलगाउन सुझाव दिइरहदाँ पनि अमेरिकाले त्यसको उल्टो मार्ग लिन हतारियो । यो सद्भावपूर्ण कदम होइन,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुन्यीङले भने ।

अमेरिकी विदेश मन्त्रालयले यस अघि नै विदेश यात्रामा जान चाहने आफ्ना नागरिकलाई चीन भ्रमण नगर्न सुझाव दिएको थियो । 

शुक्रबार नै विश्व स्वास्थ संगठनले कोरोनाभाइरस प्रकोपलाई विश्वव्यापी स्वास्थ संकटकाल घोषणा गरेको थियो । 

तथापि विश्व स्वास्थ्य संगठनले विश्वका सम्पूर्ण देशले तिनको देशभित्र प्रकोप फैलिन नदिन काम गर्नुपर्ने बताए पनि यात्रु आवगमन रोक्नुपर्ने अवस्था नरहेको सुझाव दिएको छ । चीनले कोरोनाभाइरसको प्रकोप रोक्नको लागि विद्यालय र विश्वविद्यायललाई अर्को हप्तासम्मको लागि विदा दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप