केन्द्रीय संस्करण

अफगानिस्तानमा झन् बढ्यो हिंसा

person explore access_timeमाघ १७, २०७६ chat_bubble_outline0

एजेन्सी । अफगानिस्तानमा गत वर्षको पछिल्लो समयमा हिंसा झनै बढेको समाचारमा जनाइएको छ ।  गत वर्ष अर्थात् सन् २०१९ को पछिल्लो चार महिनामा यहाँ हत्याको संख्यामा बृद्धि भएको बताइएको हो । विशेषगरी राजधानी काबुलमा पहिलाको तुलनामा पछिल्लो चार महिनामा हत्याको शृंखलामा झनै बृद्धि भएको बताइएको हो ।

अमेरिकी सरकारको निगरानीमा यस्तो अवस्था देखिएको समाचारमा जनाइएको छ । यसअघि तुलनात्मक रुपमा अफगानिस्तानको राजधानी काबुलमा अन्य स्थानको तुलनामा शान्ति रहेकोमा गत वर्षको पछिल्लो चार महिनाको अनुगमनबाट हत्याका घटनामा बृद्धि भएको देखिएको हो ।

अघिल्लो वर्ष अमेरिका र तालिबानबीचमा अफगानिस्तानको काबुलमा रहेका अमेरिकी सेनालाई के कसरी हटाउने भन्ने बारेमा पनि कुराकानी भएको थियो ।  अमेरिकी सरकारले तालिबान युद्धको अन्त्यका लागि शान्ति वार्ताको बारेमा पनि आवश्यक परामर्श गरेको थियो । तर वार्ता भने सम्भव हुन सकेन । तर त्यस वार्ता अवधिमा भने तालिबानहरुबाट हिंसा भएको थिएन । उनीहरुले युद्धविराम नै नगरेको भए पनि काबुलमा भने हत्याका घटनामा कमी आएको थियो । 

अमेरिकी सरकारको उक्त निगरानी निकायद्धारा शुक्रबार सार्वजनिक गरिएको तथ्यांकमा गत वर्षको पछिल्लो चार महिनामा ८ हजार २०४ ओटा आक्रमणका घटना भएको थियो ।  यो संख्या यसै अवधिको अघिल्लो वर्षको भन्दा बढी हो । यसै अवधिमा सन् २०१८ मा ६ हजार ९४७ ओटा घटना भएको थियो । 

सेप्टेम्बर महिनामा अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको मतदान भएको थियो । त्यस समयमा झनै धेरै आक्रमणका घटना भएका थिए ।  सेप्टेम्बर महिनामा सन् २०१० पछिको सबैभन्दा धेरै आक्रमणका घटना भएका थिए । तालिबानहरुले आक्रमणका घटनामा बृद्धि भएपछि अमेरिकी सेनाले आक्रामक कारबाही गर्ने गरेको भए पनि त्यसको प्रभावकारीता भने देखिएको छैन । 

पछिल्लो छ महिनाको अवस्था हेर्दा अफगानिस्तानको समग्र क्षेत्रमा छ प्रतिशतले आक्रमणका घटनामा बृद्धि भएको बताइएको छ । ती मध्येका उनीहरुका आक्रमणहरु करिब ४ प्रतिशत त प्रभावकारी नै भएका थिए । उता अमेरिकाले पनि गत वर्ष कारबाहीका घटनामा बृद्धि गरिरहेको छ । अमेरिकाले युद्धक विमानहरुको प्रयोग गर्ने र तालिबानको प्रभाव रहेका भनिएका क्षेत्रहरुमा हवाई आक्रमणहरु पनि बढाएको छ ।

अफगानिस्तानमा सन् २००१ मा तालिबान शासनको अन्त्य भएपछि उनीहरुले यहाँ सशस्त्र हिंसा मच्चाएका छन् । Photo: AP
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.