बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फुर्सद लिएर प्रेम गर्ने मन छ – सुमन कोइराला

शुक्रबार, १७ माघ २०७६, १२ : ४१
शुक्रबार, १७ माघ २०७६

सुमन कोइराला अहिले सामाजिक सञ्जालमा निकै चर्चित छन् । करिब ९ मिनेटको एउटा कमेडी प्रस्तुतिले उनी रातारात चर्चित भएका हुन् । टेलिभिजन रियालिटी सो ‘कमेडी च्याम्पियन’का प्रतियोगी उनी टप १० बाटै बाहिरिएका थिए । तर ‘वाइल्ड काल्ड इन्ट्री’ पाएर उनी फेरि टप ७ मा फर्किन सफल भए ।

‘कमेडी च्याम्पियन’को केही अगाडिको सोमा उनी एक जग्गा दलालको अवतारमा उत्रिएका थिए । उक्त प्रस्तुति प्रतियोगिताको अहिलेसम्मकै उत्कृष्ट समेत मानियो ।

जग्गा दलालका रूपमा उनले प्रस्तुत गरेको कमेडी हास्य र व्यङ्ग्य दुवैको फुड डोज मानियो । नेकपा महासचिव विष्णु पौडेललाई समेत जोडेर प्रस्तुत गरिएको यो व्यङ्ग्य सर्वाधिक चर्चित समेत बन्यो । साथसाथै उनी पनि रातारात सेलिब्रेटी बने । यो प्रस्तुतिले उनलाई थुप्रै फिल्मका अफरसमेत आएका थिए । तर उनमा अहिले नै फिल्म अभिनय गर्ने सोच छैन । यिनै कोइरालालाई यस्तो छ रातोपाटीको दस प्रश्न । 

कमेडीका कारणले अहिले चर्चामा हुनुहुन्छ । कस्तो अनुभूति भइरहेको छ ?

–चर्चा हुनु एक किसिमले राम्रै हो । एकदमै खुसी लागिरहेको छ । आफ्नो जिम्मेवारी बढेको समेत महसुस भएको छ । अझ राम्रो गर्नुपर्ने प्रेसर समेत फिल भएको छ ।

अबका दिनमा कसरी अगाडि बढ्ने सोच छ त ?

–अहिले त कमेडीलाई अगाडि बढाउने सोच बनाएको छु । कमेडी च्याम्पियनबाट निस्किएपछि विभिन्न स्टेज कार्यक्रमहरु पनि पाउछु होला । यो क्षेत्रमा नै काम गर्छु भन्ने सोच त छ, हेरौँ ।

कमेडी गर्ने सोच कसरी आयो ? 

– म सानैदेखि स्कुलमा विभिन्न कार्यक्रम हुँदा कमेडी गर्न मन लाग्थ्यो । त्यही सिलसिलामा कमेडी गर्न थालेँ । मेरो मिडियाप्रति आकर्षण पहिलेदेखि नै थियो । त्यही भएर ६ वर्ष अगाडि एक एफएममा कमेडी कार्यक्रम चलाउन थालेँ । त्यसपछि झन् कमेडीमा रुचि बढ्दै गयो ।

कस्तो व्यक्ति ?

– म अन्तर्मुखी खालको मानिस हुँ ।

कमेडीबाहेक रुचिको विषय ?

– गीतसङ्गीत सुन्न धेरै मनपर्छ । गीत गाउन पनि रुचि लाग्छ तर गीत गाउने मेरो स्वर छैन । गीत गुनगुनाएर पनि थाक्दिनँ ।

सपना ?

– सपनाभन्दा पनि सर्भाइबल भन्ने महत्त्वपूर्ण हुँदो रहेछ । सर्भाइबलका लागि विगतका वर्षभन्दा यो वर्ष कसरी राम्रो र नयाँ गर्ने भन्नेतिर ध्यान सधैँ रहन्छ । पहिले काठमाडौँ छिर्ने, घर बनाउने सपना थियो । अहिले सपनाभन्दा पनि सर्भाइबल हुनु महत्त्वपूर्ण रहेछ । सपनाको अन्तिम बिन्दु हुँदोरहेनछ । एकपछि अर्काे सपना आइरहँदो रहेछ । त्यसैले अहिले मेरो केही सपना छैन ।

अभिनयतिर सोच्नुभएको छ कि ?

–कमेडीमा चर्चा पाएपछि ३, ४ जना निर्देशकले अभिनयका लागि प्रस्ताव गर्नुभएको थियो । तर आफू अभिनयका लागि सक्षम छु जस्तो लाग्दैन । अभिनयको विषयमा केहीपछि सोचौँला ।

मनपर्ने केटी ?

–केटीमा मैले च्वाइस राखेको छैन । राम्रो नेचर भएको बुझक्की केटी मानिस मनपर्छ ।

फुर्सदको समय ?

काठमाडौँमा स्ट्रगल गरेको व्यक्ति फुर्सद नै हुँदो रहेन छ, केही न केही गरिरहनुपर्दाे रहेछ ।

प्रेम ?

छैन, छैन । प्रेम गर्न पनि पाएको छैन । फुर्सद नभएर होला सायद । मैले प्रेमिका नै खोजिन । प्रेम फुर्सद लिएर गर्ने मन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप