पाँचथरमा नोबेलद्वारा शल्यक्रियासहितको निःशुल्क स्वास्थ्य शिविर
पाँचथर । पाँचथरको मौवा बजारमा बिहिबारदेखि शल्यक्रियासहितको दुई दिने निःशुल्क स्वास्थ्य शिविर सुरु भएको छ । तुम्वेवा गाउँपालिका कार्यालय र बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालको संयुक्त आयोजनामा शिविर सुरु भएको हो ।
ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी आयोजना गरिएको शिविरको पहिलो दिन ७ सय ५६ बिरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
शिविरमा १६ जना बिरामीको सामान्य शल्यक्रिया गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।
उनका अनुसार ६ जना बिरामीको शरिरका गाँठागुँठीको शल्यक्रिया गरिएको छ । त्यस्तै १० जनाको आँखामा पलाएको जाँलो निकालिएको छ भने ३५ जना बिरामीको दाँत फुकालिएको छ ।
शिविरमा हाडजोर्नी र स्वासप्रश्वास सम्बन्धि समस्याका बिरामी बढी आएका छन् । गाउँ–गाउँदेखिका बिरामीहरु ३ घण्टासम्मको बाटो हिडेर उपचारका लागि शिविरमा आएका थिए ।
नोबेल अस्पतालका बिशेषज्ञ डाक्टरसहित २५ जना स्वास्थ्यकर्मीको टोली शिविरमा आएका छन् । गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी नोबेलले पूर्वी नेपालका गाउँ–गाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालबाट १ अर्ब ७३ करोडको जडीबुटी निर्यात, यार्सागुम्बा बेचेरै ६२ करोड भित्रियो
-
हाम्रो कृषि विकासको बाटो कुन ?
-
पेन्सन स्किमको मुद्दामा हाम्रो ऐक्यबद्धता छ : महासचिव राई
-
ट्रयाक्टरले किचेर एकको मृत्यु
-
आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक: मन्त्री अर्याल
-
‘बोक्सीको घर’ बारे प्रिमियरमा कसले के भने ?