शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा २० अङ्कको वृद्धि

बिहीबार, १६ माघ २०७६, १८ : ०८
बिहीबार, १६ माघ २०७६

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अङ्कले उकालो लागेको छ ।

नेपाल स्टक एक्स्चेञ्जका अनुसार नेप्से १९.५१ विन्दुले बढेर एक हजार ३२५.३८ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५७ ले बढेर २८१.७६ मा पुगेको छ ।
 
नेप्से उकालो लाग्दा कारोवार रकममा समेत उच्च अङ्कको वृद्धि भएको छ । कूल १७८ कम्पनीका ४६ लाख दुई हजार १०१ कित्ता शेयर रु एक अर्ब ९६ करोड ६२ लाख १९ हजार ७४९ मूल्यमा खरीद बिक्री भए ।

नेप्सेका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर उकालो लागेको छ ।

व्यापार १५.३१ ले घटदा बैंकिङ १८.२५, होटल २४.०८, विकास बैंक १६.४३, जलविद्युत् ९.६६, वित्त ६.३६, निर्जीवन बीमा २२४.६४, उत्पादन ९.४२, अन्य १.९२, लघुवित्त १८.६, जीवन बीमा १६८.६३ र सामूहिक लगानी कोष ०.०४ विन्दुले बढेको छ ।
 
नेप्सेका अनुसार आज कारोवारका आधारमा सूर्य लाइफ इन्स्योरेन्स कम्पनी शीर्षस्थानमा रहेको छ । सो कम्पनीको रु ११ करोड ३६ लाख १९ हजार १४७ बराबरको कारोवार भयो ।

यस्तै प्राइम लाइफ रु सात करोड २० लाख १४ हजार २१८, नेपाल लाइफ इन्स्योरेन्स रु छ करोड ९३ लाख २४ हजार ९४३, एशियन लाइफ रु छ करोड ८१ लाख तीन हजार ३२०, नेशनल लाइफ रु छ करोड ६८ लाख १५ हजार २३१, प्रभु बैंक रु पाँच करोड ६६ लाख १२ हजार ९४९ र गुराँस लाइफ रु पाँच करोड ६० लाख ९५ हजार ४७७ मूल्यमा खरीद बिक्री भई शीर्षस्थानमा रहे ।
 
नेप्सेका अनुसार एभरेष्ट इन्स्योरेन्स १०, सूर्य लाइफ इन्स्योरेन्स ९.८६, युनाइटेड फाइनान्स ८.९३, हिमालयन जनरल इन्स्योरेन्स ८.२९, युनाइटेड इन्स्योरेन्स ७.३२ र गुराँस लाइफ इन्स्योरेन्सका शेयरधनीले ७.२४ प्रतिशतले कमाए । 

त्यस्तै, हिमालयन ऊर्जा विकास कम्पनी ५.३५, नाडेप लघुवित्त ४.९८, गोर्खाज फाइनान्स ४.६८, कर्णाली डेभलपमेन्ट बैंक ३.६०, घोडीघोडा लघुवित्त ३.२६ र रिलायन्स फाइनान्सका शेयरधनीले २.८५ प्रतिशतले गुमाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप