बोराले च्यापिएर एकै परिवारका चार भारतीय नागरिकको मृत्यु
बुटवल । रुपन्देहीमा बोराले च्यापिएर चार जनाको मृत्यु भएको छ ।
बोराको थुप्रोले च्यापिएर भारत बिहारका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्धव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक केशव ज्ञवाली रातोपाटीलाई जनाकारी दिए ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ गल्लामन्डीमा आफैले सङ्कलन गरेर राखेको बोरा खसेर च्यापेको मृत्यु भएको हो ।
कोठा भाडा लिएर उनीहरुले लामो समयदेखि सद्धवले पुराना बोरा सङ्लकन गर्ने र नयाँ बनाए बिक्री गर्ने काम गर्दथे । बोराले थिच्दा उनीहरुको निस्सास्सिएर मृत्यु भएको आशङ्का गरिएको प्रहरीले जनाएको छ । उनीहरुको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।
घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेम्बर सल्लाहकार परिषद्को अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन
-
तनहुँका २३ सामुदायिक वनमा आगलागी : सबै नियन्त्रणमा
-
सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने
-
कास्कीमा दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ
-
यातायात कार्यालयका कर्मचारीलाई घण्टैपिच्छे हाजिर गर्न दीपक मनाङेको निर्देशन
-
पतञ्जलीले पत्रपत्रिकामा छपाएका माफीनामाबारे सर्वोच्चले के भन्यो ?