शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सफा अनुहारको लागि

बिहीबार, १६ माघ २०७६, १० : ४०
बिहीबार, १६ माघ २०७६

सुन्दर देखिनको लागि घरेलु उपायहरुको प्रयोग फाइदाजनक मानिन्छ । घरेलु उपायहरुको कुनै पनि दुष्प्रभाव नपर्ने हुँदा यसको प्रयोग डाक्टरको सल्लाहबिना पनि गर्न सकिन्छ । 

कागती
कागतीको रस गुणकारी हुन्छ । यसले अनुहारको रङमा निखारता ल्याउँछ । कागतीको रसले अनुहारको फोहोर बाहिर ल्याउँछ र छालालाई कोमल बनाउँछ । नियमित रुपमा कागतीको रस अनुहारमा लगाएर दश मिनेट राख्ने र चिसो पानीले पखाल्ने गर्नुपर्छ । तर यो विधि गरेपछि घाममा जानुहुँदैन । 

बेसार 
बेसारको धुलो, बेसन र कागतीको रस मिसाएर स्क्रब बनाउने र अनुहारमा लगाएर १० मिनेट राख्ने त्यसपछि पानीले पखाल्ने । यो विधि हप्तामा तीन वा चार पटक गर्ने गर्दा अनुहारको दाग कम गर्ने र छालालाई मुलायम बनाउने काम गर्छ ।

दुध र मह
अनुहारको छाला सुख्खा र खस्र्रो छ भने दुध र मह मिसाएर लगाउने गर्नुपर्छ । एक चम्चा दुधमा एक चम्चा मह मिसाएर अनुहारमा लगाउने त्यसपछि हल्का मालिस गर्ने र १५ मिनेटपछि सफा गर्ने यसले अनुहारको सुख्खापन हराउँदै जान्छ ।

मेवा
मेवा पिसेर त्यसको पेस्ट अनुहारमा लगाएको २० मिनेटपछि सफा गर्दा अनुहारमा निखारता ल्याउँन सक्छ ।

टमाटर र कागतीको रस
टमाटर र कागतीको रस मिसाएर अनुहारमा लगाउँदा अनुहार सफा हुँदै जान्छ । घाममा धेरै हिँड्नेहरुका लागि यो उपाय निकै फाइदाजनक हुन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप