शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देवी सरस्वती र कालीदाससँग जोडिएको प्रसंगः एक महिलाले तोडेकी थिइन् कालीदासको ज्ञानको घमण्ड

बिहीबार, १६ माघ २०७६, ०७ : ११
बिहीबार, १६ माघ २०७६

आज अर्थात् माघ १६ वसन्त पञ्चमी हो । यो तिथीमा विद्याकी देवीको विशेष पूजा अर्चना गरिन्छ । धार्मिक मान्यता अनुसार देवी सरस्वतीको कृपाका कारण हामीले विद्या पाउँछौं र यसैको उपयोग गरेर हामीले हरेक काममा सफलता र सुख सुविधा प्राप्त गर्छौं । देवी सरस्वतीको भक्तमा कालीदासको नाम पनि समावेश छ । कालीदासले देवी सरस्वतीको कालीस्वरुपका लागि तपस्या गरेका थिए । उनका जीवनका यस्ता विभिन्न प्रसंग छन् जसमा सुखी जीवनको सूत्र लुकेको छ । देवी सरस्वती र कालीदाससँग जोडिएका एक प्रचलित प्रसंगबारे जानकारी लिऔं ।

– कालीदास थुप्रै पटक एउटा गाउँबाट अर्को गाउँमा यात्रा गरिरहन्थे । एक दिन यात्रामा रहँदा उनलाई प्यास लाग्यो र गाउँको कुवामा उनी पानी पिउने हेतुले गए । त्यहाँ एक महिला पानी भरिरहेकी थिइन् । कालीदासले आफूलाई प्यास लागेका कारण पानी पिउन दिनुहोस् भने । ती महिलाले उनलाई नचिन्ने भएकोले उनले परिचय दिएपछि मात्रै पानी दिने शर्त अघि सारिन् ।

– कालिदासले भने, ‘म पाहुना हुँ ।’ महिलाले भनिन्, ‘तपाईं कसरी पाहुना हुन सक्नुहुन्छ । संसारमा दुई कुरा मात्रै पाहुना हुन्, एउटा धन र अर्को यौवन । आफ्नो सही परिचय दिनुहोस् ।’

– ज्ञानको यो कुरा सुनेर कालिदास अचम्मित भए । उनले पुनः थपे, ‘म सहनशील हुँ ।’ महिलाले उनको दोस्रो जवाफमा थपिन्, ‘तपाईं सहनशील होइन । यो संसारमा दुई कुरा मात्रै सहनशील छन् । एउटा धर्ती जसले पाप र पुण्य आत्माहरुको बोझ उठाउँछ । हामीलाई खानका लागि अन्न दिन्छ । अर्को सहनशील भनेको रुख हो जसलाई ढुङ्गा हान्दा पनि फल नै दिन्छ ।’

– कालिदासले थपे, ‘म हठी हुँ ।’ यसमा महिलाले भनिन्, ‘तपाईंले पुनः झुटो बोलिरहनुभएको छ । हद दुई वस्तु मात्रै हुन्छन् । हाम्रा नङ र कपाल । यी पटकपटक काट्दा पनि बढिरहन्छन् ।’

– महिलासँग हारेर कालिदासले अन्त्यमा भने, ‘म मूर्ख हुँ ।’ यसमा महिलाले पुनः भनिन्, ‘मूर्ख पनि दुई मात्रै हुन्छन् । पहिलो, राजा हुन्,  जो कुनै योग्यता बिना नै सबैमाथि राज गर्छन् । दोस्रो, दरबारी हुन् जसले राजालाई खुसी पार्न गलत कुरामा पनि झुटो प्रशंसा गर्छन् ।’

– अब कालिदास महिलाको चरणमा लमतन्न भएर पानीका लागि आग्रह गरे । त्यतिबेला महिलाले भनिन्, ‘उठ, भक्त ।’ कालीदासले माथि हेर्दा त्यहाँ देवी सरस्वती उभिएको देखे । देवीले भनिन्, ‘शिक्षाले ज्ञान दिन्छ, घमण्ड होइन । तिमीलाई आफ्नो ज्ञानको घमण्ड भएको थियो । त्यसकारण यो घमण्ड तोड्न मैले यो सबै गर्नुपरेको हो ।’

– त्यसपछि कालीदासले आफूले गलत गरिरहेको बुझे । देवीसँग क्षमा याचना मागे । देवी प्रसन्न भएर अन्तर्धान भइन् । कालीदास पनि पानी पिएर अघि बढे त्यसपछि उनले कहिले पनि आफ्नो ज्ञानमाथि घमण्ड गरेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप