शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल वायुसेवा निगमको अध्यक्षमा अधिकारी नियुक्त

बुधबार, १५ माघ २०७६, २२ : १२
बुधबार, १५ माघ २०७६

काठमाडौँ । नेपाल वायुसेवा निगम(एनएसी) को अध्यक्षमा सचिव केदारबहादुर अधिकारीले नियुक्ति पाउने भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद बैठकले  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव अधिकारीलाई एनएसीको अध्यक्ष बनाउने निर्णय गरेको हो ।

निगममा यसअघि अध्यक्ष मदन खरेलले राजिनामा दिएसँगै रिक्त रहेको पदमा मन्त्रालयकै सचिव अधिकारीलाई अध्यक्ष बनाएर ल्याउन लागेको स्रोत बताएको छ।
 
यहि आउँदो सोमबारको मन्त्रिपरिषद्को अर्को बैठकले पर्यटन सचिव अधिकारीलाई निगमको अध्यक्ष तोक्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ ।

तत्कालीन अध्यक्ष खरेलले आफ्नो दोस्रो कार्यकाल समेत असफल भएपछि गत माघ ४ गते राजीनामा दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप