बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बीबीसीको समाचार शाखाका ४५० जनाको जागिर गुम्यो

बुधबार, १५ माघ २०७६, २१ : ५३
बुधबार, १५ माघ २०७६

बेलायती प्रसारण संस्था बीबीसीका ४५० जनाको रोजगारी गुमेको छ । खर्च कटौती गर्ने योजना र स्रोत तथा दर्शकहरुको आवश्यकता बदलिएको भन्दै बीबीसीले उनीहरुलाई अवकास दिइएको जनाएको छ । 

बीबीसीले बुधबार गरेको घोषणा अनुसार लामो अनुसन्धान र छलफलपछि कर्मचारी कटौती गर्ने अप्रिय निर्णय गर्नु परेको हो । “बीबीसीले आफ्ना दर्शक तथा स्रोताको नयाँ चाहना र आवश्यकताका कारण नयाँ चुनौती सामना गर्नु परेको छ, त्यही अनुसार हामीले पनि नयाँ कदमहरु चाल्न थालेका छौँ,” बीबीसीका समाचार तथा समसामयीक मामिला प्रमुख फ्रान अनस्वार्थले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप