शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टिपरले किचेर मृत्यु, पीडित परिवारले शव बुझेनन्

बुधबार, १५ माघ २०७६, २१ : ४२
बुधबार, १५ माघ २०७६

वीरेन्द्रनगर नगरपालिका– ३ सुर्खेतमा मङ्गलबार टिपरले किचेर मृत्यु भएका कालिकोट महावै गाउँपालिका– ३ सिमखेत २१ वर्षीय केशरबहादुर सिंहका परिवारले आज पनि शव बुझेका छैनन् । 
    
    भे१ख २२४२ नंको टिपरले भे१प २१७८ नंको मोटरसाइकलमा सवार सिंहलाई बिहान ८ ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको थियो । उनको मृत्युपश्चात् पीडित परिवारको सहमतिविना नै प्रहरीले बल प्रयोग गरेर शव उठाएकोप्रति विरोध गर्दै उनीहरुले आज साँझ ६ः३० बजे सडकमा प्रदर्शन गरेका थिए । 
    
    मृतक सिंहको शव कर्णाली प्रदेश अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ । पीडित परिवारले टिपर धनी हरि बिसी नआउञ्जेल र उचित क्षतिपूति उपलब्ध नगरुञ्जेल शव नबुझ्ने र बिहीबार सडक यातायात बन्द गर्ने तथा बाँकी सङ्घर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिएका छन् । यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले बिहीबारसम्म पीडित परिवारसँग उचित छलफल गरेर समस्या समाधान गर्ने बताएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप